बिहीबार भारतीय दूतावासले एसएसबीले गोली चलाएको भन्ने विवरणहरु अस्वीकार गरेको थियो ।
उसले दुवै पक्षले संयम अपनाउनु पर्ने भन्दै कुनै निर्माण कार्य अघि बढाउनुअघि दुवै देशका सर्वेक्षण अधिकारीहरुलाई सीमा स्तम्भको स्थानबारे टुङ्गो लगाउन दिनुपर्ने जनाएको थियो ।
तर शुक्रबार भारतीय विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने एसएसबीको संलग्नताबारे दूतावासको जस्तो प्रतिक्रिया छैन ।
उसले घटनामा सशस्त्र सीमा बल, एसएसबी, संलग्न रहेको वा नरहेको भन्नेबारे प्रष्ट मुख खोलेको त छैन तर त्यसबारे एसएसबीले छानविन थालेको जनाएको छ ।
No comments:
Post a Comment