Tuesday, March 14, 2017

рд╣рд╡ाрдЗ рдлाрдпрд░ рдкрдЫी рдПрдоाрд▓ेрдХो рдХाрд░्рдпрдХ्рд░рдо рд╕्рдердЧिрдд

नेपालगन्जको बुनाना चोकमा प्रहरी र मधेशी मोर्चाका कार्यकर्ता बीच झडप भइरहेको छ । प्रहरीले भीड नियन्त्रण गर्न दुई राउन्ड हवाई फायर गरेको बाँके प्रहरी प्रमुख एसपी बद्री बस्यालले जानकारी दिए । प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप जारी छ । एसपी बस्यालले मोर्चाका कार्यकर्ताहरू हातमा लाठी लिएर प्रदर्शनमा आएको बताए ।
नेकपा एमालेको मेची महाकाली अभियान अन्गर्तत आज नेपालगन्जमा सभा भइरहेको छ । सभामा एमाले उपाध्यक्ष बामदेव गौतमले तराई पहाड अलग गर्नु देशलाई समाप्त पार्ने खेल भइरहेको बताए । जनतालाई एकताबद्ध बनाउने पार्टी एमाले मात्रै भएको दाबी गर्दै उनले एमाले नभएको भए, बहुदल स्थापना, ०६२/६३को आन्दोलन, राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना नहेने दाबी गरे । एमालेको अभियान विरुद्ध मधेशी मोर्चाले प्रदर्शन गरेको हो ।  प्रदर्शनका पछी एमालेको सभा स्थगित गरिएको छ। हवाइ फायर भएको स्थान एमालेको सभा भएको ठाउँबाट १५ किमि टाढा बर्दिया जाने बाटोमा हो ।

No comments:

Post a Comment