Wednesday, March 8, 2017

​рдоेрдЪी рдорд╣ाрдХाрд▓ी рдЕрднिрдпाрдирдоा рд░ोрдХ......

मन्त्रिपरिषदको सिंहदरबारमा बसेको बैठकमा नेकपा एमालेको मेची महाकाली अभियानमा रोक लगाउनु पर्ने आवाज उठेको छ । 

एमालेको मेची महाकाली अभियानको विरोधमा प्रदर्शनमा उत्रिएका चार जनाको प्रहरीको गोली लागेर सप्तरीमा ज्यान गएपछि विकसित घटनाक्रमबारे छलफल गर्न बसेको मन्त्रीपरिषद बैठकमा अभियानमाथि रोक लगाउनु पर्ने आवाज उठेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभियान रोक्न गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको भन्दै केहि मन्त्रीले सरकारले नै अभियानमा रोक लगाउनु पर्ने माग गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । उनले भने ‘बैठकमा एमालेको अभियानमा रोक लगाउनु पर्ने बारेमा छलफल भएको छ, तर यस बारेमा कुनै निर्णय भइसकेको छैन ।’

No comments:

Post a Comment