Monday, March 6, 2017

рдордзेрд╕ीрд▓े рдпрд╕рд░ी рд╣ाрдиे рдЬुрдд्рддा рдоेрдЪी рдорд╣ाрдХाрд▓ी рдпाрдд्рд░ाрдХो рдЧाрдбीрдоा

झापाबाट सुरु भएको नेकपा एमालेको मेची-महाकाली अभियान इनरुवा आइपुग्दा मधेसी मोर्चाको विरोधको सामना गर्नुपरेको छ ।

झुम्कामा कालो झण्डा सहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजी गरे । एमालेको झण्डा राखेको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन ।

त्यही क्रममा एक पूर्वसभासदले  केपी ओलीको गाडी मा जुत्ता प्रहार गरेकी छन । संघीय समाजवादी फोरम नेपालकी पूर्व सभासद सविता कुमारी यादवले मेची महाकाली अभियानको अगुवा गाडीलाई आफ्नो जुत्ता हानेकी हुन ।
उनले सुरुमा कालो झण्डा देखाएकी थिइन । गाडी अगाडि बढे पछि पछ्याउँदै गएकी उनले आफ्नो जुत्ता खोलेर हानिन । यतिले मात्र उनको आक्रोश थामिएन र, अर्को खुट्टामा रहेको जुत्ता पनि फुकालेर हानिन ।

No comments:

Post a Comment