Tuesday, March 14, 2017

рдПрдоाрд▓ेрдХो рдХाрд░्рдпрдХ्рд░рдордоा рдЬाрджै рдЧрд░ेрдХो рдмрд╕рдоा рдЖрдЧрдЬрдиी

नेकपा एमालेको जारी मेची–महाकाली अभियान अन्तरगत मंगलबार नेपालगन्जमा आमसभा हुनु भन्दा अघि नै मधेसी मोर्चाका कार्यकर्ताले बिरोध स्वरुप यात्रुवाहक बसमा आगजनी गरेका छन ।

नेपालगन्जमा एमालेले गर्ने भनेको आमसभा बिथोल्ने उद्धेश्यले मोर्चाका कार्यकर्ताले भे १ ख २०४२ नम्बरको बसमा आगजनी गरेका हुन । बसमा अधिकांश यात्रुहरु एमाले आमसभामा जाँदै गरेका सुभेच्छुक तथा कार्यकर्ताहरु भएको बुझिएको छ । बस आगजनी भए पनि यात्रु भने सकुशल छन ।

सोही आमसभालाई लक्षित गरी मधेसी मोर्चाले मंगलबार बांके जिल्ला बन्दको आह्वान गरेका थिए । बन्दको क्रममा बस चलाएको भन्दै उनीहरुले आगजनी गरेका थिए ।

आगजनी पछि घटनास्थलमा अवस्था साम्य पार्न प्रहरी खटिएको छ । साथै बाँकेमा एमाले समर्थित मुस्लिम, थारु लगायत विभिन्न जातजाति संगठनहरुले मोर्चा उक्त घटनाको बिरोधमा रयाली निकालेका छन ।

No comments:

Post a Comment