Friday, March 10, 2017

рдордзेрд╕ी рдоोрд░्рдЪाрд▓े рдЧрд░े рд╕ंрд╕рдж рдмрд╣िрд╕्рдХाрд░

सप्तरीमा भएको गोलीकान्डमा चार जनाको मृत्यु भएको विरोधमा मधेसी मोर्चाका सांसदले आजको संसद बैठक बहिस्कार गरेका छन ।

बैठक सुरु हुने बित्तिकै संघीय समाजवादी फोरम नेपालका सांसद अशोक राईले सप्तरीमा भएको गोलीकाण्डका दोषीलाई कारबाहीको माग गरे । उनले संविधान संशोधन विधेयक परिमार्जन सहित तत्काल पारित गर्नमा सरकारको तत्काल ध्यान जानु पर्नेमा जोड दिए । 
भीड नियन्त्रण गर्न आवश्यक परे गोली हान्न सकिने तर त्यसको उद्देश्य भीड नियन्त्रण गर्ने हुनु पर्नेमा कम्मर भन्दा माथि गोली चलाइएको देखिएको भन्दै उनले आपत्ति जनाए ।

बैठकमा मोर्चाका सांसदहरुले करिब १० मिनेट नाराबाजी गरेका थिए ।

No comments:

Post a Comment