प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचनका लागि सिमांकन परिमार्जन आवश्यक नभएको बताएका छन् । उनले सरकारको प्रथामिकतामा सबैलाई समेटेर संविधान कार्यान्वयन र तीन तहको निर्वाचन भएको स्पष्ट पारेका छन ।
ललितपुर महानगरपालिकाको कार्यालयबाट देशै भरका स्थानीय तहको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउँदै राजनीतिक सहमति जुटे पछि संविधान संशोधन पास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
“मधेसी जनताको माग सम्बोधन गर्न म एक इन्च पनि पछि हटेको छैन,” उनले भने, “सबै दलहरु बीच समझदारी तपाइहरुको माग सम्बोधन गर्नेछौ । स्थानीय निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधन जरुरी छैन । तराईका जनता पनि यो ऐतिहासिक निर्वाचनमा सहभागी भई आफ्नो अधिकार सुनिश्चित गर्न चाहन्छन ।”
उनले नेपाल सबैको भएकाले सबैले स्थानीय निर्वाचन सम्पन्न गर्दै जनतालाई अधिकार दिलाउन सहयोग गर्नुपर्ने बताए ।
सरकारले स्थानीय निर्वाचनको घोषणा गरेर आवश्यक तयारी अगाडि बढाइसकेकाले त्यसमा सबैलाई सहभागी हुन आग्रह गरे । “निर्वाचन तोकिएको समयमै हुनुपर्छ, यसका लागि निर्वाचन आयोग पनि तदारुकता साथ अगाडि बढेको छ,” उनले भने, “स्थानीय तहको निर्वाचन आम जनताको उत्सब हो । निर्वाचन हुनुपर्छ कुन पार्टीले जित्छ वा हार्छ भन्ने महत्वपूर्ण होइन । मेरो अर्जुन दृष्टि भनेको निर्वाचन सम्पन्न गराउनु हो । यसमा जनताले जित्छन् ।”
आन्दोलनमा रहेका मधेसी मोर्चा र अन्य पार्टीहरुलाई पनि यो ऐतिहासीक उत्सबमा सहभागी हुन दाहालले आग्रह गरेका छन् । “२० वर्षपछि आमुल परिवर्नतसहित जनताकोे घरमा अधिकार जान लागेको छ । यसमा सबैको सहभागिता आवश्यक छ,” उनले भने ।
उनले मधेसी जनताको अधिकारलाई सम्बोधन गर्न जरुरी रहेको बताउँदै, त्यसका लागि सबै गम्भीर हुनुपर्ने बताए । “मैले मधेसी, थारु, जनजाती, दलीतको अधिकारका लागि जनयुद्धदेखि लड्दै आएको हो । जनयुद्धमा करिब १३ मधेसी जनताको ज्यान गएको छ । उहाँहरु प्रति म ऋणी छु ।”
त्यसैगरी उनले संविधानअनुसार गठित ७४४ स्थानीय तहको कार्यन्वयले जनताको अधिकार गाउँ–गाउँमा पुगेको उद्घोष गरे । “स्थानीय तह कार्यान्वयनमा आउनु गणतन्त्र कार्यान्वयनको एउटा महत्वपूर्ण खुड्किलो हो । यसलाई मैले जनता विजयी भएको दिनको रुपमा लिएको छु,” उनले भने ।
उनले विभिन्न बैचारिक मतभेदका बाबजुद हालै स्थानीय विकास मन्त्री भएर आएका कमल थापालाई सरकारलाई समर्थन गरेकोमा धन्यवाद दिए । “वैचारिक मतभेदका बाबजुत संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ भन्ने लागेर कमल थापाजीहरु सरकारमा आउनुभएको छ,” उनले भने, “सरकारले घोषणा गरेको स्थानीय निर्वाचन सम्पन्न गर्न आएको भन्नुभएको छ । यो खुसीको कुरा हो ।”
त्यसैगरी कार्यक्रममा बोल्दै स्थानीय विकास मन्त्री थापाले प्रजातन्त्र कार्यान्वयनका लागि स्थानीय निर्वाचनको विकल्प नभएको बताए । उनले निर्वाचन सम्पन्न गर्नकै लागि आफू सरकारमा आएको बताए ।
यसैबीच ललितपुर महानगरपालिकाको उद्घाटन गर्नै प्रधानमन्त्रीले देशभरका ७४४ स्थानीय तह मंगलबारदेखि औपचारिक रुपमा कार्यान्वयनमा आएको घोषणा गरे ।
Tuesday, March 14, 2017
рдк्рд░рдо рдк्рд░рдЪрдг्рдбрд▓े рднрдиे рдордзेрд╕ीрд╣рд░ुрдХो рдоाрдЧ рдЪाрдбै рдкुрд░ा рд╣ुрди्рдЫ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment