Sunday, March 5, 2017

рдПрдоाрд▓े рд╕рдк्рддрд░ी рдЕрдз्рдпрдХ्рд╖ рди्рдпौрдкाрдиे рдбेрд░ाрдмाрдЯ рдиिрдХाрд▓िрдП

सप्तरी स्थित रेडक्रस भवनलाई एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले पार्टीको मेची महाकाली अभियानका लागि प्रयोग गरेको भन्दै उनलाई भवनबाट निकालिएको छ ।

अध्यक्ष न्यौपानले रेडक्रसको भवन भाडामा लिएर त्यहा इन्स्टिच्युट सञ्चालन गर्नुका साथै डेरा समेत बसेका थिए ।
आफ्ना केही नेता कार्यकर्ता संग अभियानको तयारीका लागि बैठक बस्दै गरेको अवस्थामा न्यौपानेलाई रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले भवनबाट निकालेका हुन ।

रेडक्रस सभापति भगतले रेडक्रसको भवन पार्टीलाई भाडामा नदिएको बताए । मैले यो भवन जगदम्बा टेक्निकल इन्स्टिच्युट चलाउँन दिएको हुँ, पार्टी कार्यालय खोल्नका लागि हैन’ भगतले भने, ’रेडक्रसले आफ्नो कार्यालय हाता भित्र कुनै पनि राजनीतिक कार्यक्रम गर्न दिइदैन । त्यसैले उनीहरूलाई निकालेका हौं ।’

मेची–महाकाली अभियान अन्तर्गत एमाले अध्यक्ष केपी ओली सप्तरी आउने तय भए पछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रतिकार गर्ने चेतावनी दिएको छ ।
मोर्चाका कार्यकर्ताले शुक्रबार एमाले सप्तरीका सहसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो गर्नुका साथै सांसद रञ्जु झा ठाकुरको गाडीमा ढुंगामुढा गरेका थिए ।

स्रोत:रातोपाटी

No comments:

Post a Comment