सप्तरी घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा एमाले पार्टी कार्यालयमा तोडफोड गरेका छन ।
लहान नगरपालिका–१ मा रहेको एमाले लहान नगर पार्टी कार्यालयमा मोर्चाका कार्यकर्ताहरुले मंगलबार बिहान आगजनी तथा तोडफोड गरेको प्रहरीले जनाएको छ। मोर्चाका कार्यकर्ताहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र बाहिर ल्याएर आगजनी गरेको एमाले जिल्ला सचिव योगेन्द्र सिंहले जानकारी दिए ।
कार्यालयमा कोही नभएको मौका छोपेर मधेसी मोर्चाका कार्यकर्ताहरुले लहान नगर कार्यालयमा तोडफोड र आगजनी गरेको सिंहले जानकारी दिए ।
सोमबार सप्तरीको राजविराजस्थित औद्योगिक क्षेत्रमा प्रहरीसँगको दोहोरो झडपमा मोर्चाका तीनजना कार्यकर्ताको मृत्यु भएपछि मंगलबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्। मोर्चाले आह्वान गरेको बन्दका कारण सिरहाको जनजीवन पनि प्रभावित भएको छ। बिहानैदेखि मोर्चाका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका छन ।
साभार💑
No comments:
Post a Comment