प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजबीच भेट गर्नुभएको छ ।
मंगलबार बिहान बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पु¥याएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले गत भुकम्पका बेला प्राप्त अमेरिकी सेनाको सहयोग उच्च साझेदारीको नमूना भएको भन्दै त्यसक्रममा नेपालका गाउँहरुमा उद्धार कार्यमा खटिँदा आफ्नो ज्यान गुमाउने ६ जना मरिन सेनाप्रति श्रद्धान्जली प्रकट गर्दै शोकाकूल अमेरिकी सेनामा समवेदना प्रकट गर्नु भयो ।
प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीच ७० बर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुरयाएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु भयो । उहाँले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गर्नु भयो ।
भेटमा यूएस प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल ह्यारी बि ह्यारिजले नेपालसँग अमेरिकाको नजिकको सम्वन्ध रहेको बताउँदै अमेरिकी सेनाको समेत आत्मीय सम्वन्ध रहेको बताउनु भयो । उहाँले नेपाली सेनासँगको सहकार्य वारे जानकारी दिँदै नेपालको स्टाफ कलेजमा अमेरिकन सेनाले पढ्ने गरेको तथा नेपालवाट माउण्टेन वार फेर सिक्न पाएकोमा धन्यवाद दिनु भयो ।
Tuesday, March 21, 2017
рдк्рд░рдзाрдирдорди्рдд्рд░ी рд░ рдпूрдПрд╕ рдк्рдпाрд╕िрдлिрдХ рдХрдоाрдг्рдбрд░рдмीрдЪ рднेрдЯ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment