प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग श्रीलंकाका सेना प्रमुख क्रिसान्थे डि सिल्भाले शिष्टाचार भेट गर्नुभएको छ ।
बुधबार दिउसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्री लंका बीच विगत ६० बर्ष देखि सुमधुर सम्बन्ध रहँदै आएको र यसखालका उच्चस्तरका भ्रमणले आपसी सम्बन्धलाई अझ उचाईंमा पुरयाउने बिश्वास व्यक्त गर्नु भयो । प्रधानमन्त्रीले श्री लंकाबाट नेपालले पाएको न्यानो सदभाव प्रति आभार व्यक्त गर्नु भयो ।
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया विश्वकै मौलिक र नमूना योग्य भएको भन्दै नेपालले विभिन्न चरणमा श्रीलंकाको अनुभव वाट सिक्ने मौका पाएको अनुभव सुनाउनु भयो । भेटका अवसरमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धको जन्मभुमि भएकाले श्रीलंकाका धेरै जनता यहा आउन अति उत्सुक रहेको बताउँदै आफूले पहिलो पटक सुन्दर देश नेपालको भ्रमण गर्ने अवसर पाएकोमा आभार प्रकट गर्नु भयो ।
Wednesday, March 15, 2017
рд╢्рд░ीрд▓ंрдХाрдХा рд╕ेрдиा рдк्рд░рдоुрдЦ рдХ्рд░िрд╕ाрди्рдеे рдбि рд╕िрд▓्рднाрд╕ंрдЧ рдк्рд░рдо рдк्рд░рдЪрдг्рдбрдХो рднेрдЯ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment