एमालेले मेची–महाकाली अभियानको कुनै पनि कार्यक्रम मधेशका जिल्लामा नगर्ने भएको छ ।
सोमबार सप्तरीमा एमालेको कार्यक्रम विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ताको प्रहरीले चलाएको गोली लागेर मृत्यु भए पछि एमालेले अभियान नै तीन दिनका लागि स्थगित गरेको थियो ।
एमालेले फागुन २३, २४ र २५ गते दुई नम्बर प्रदेशका जिल्लाहरुलाई केन्द्रीत गरेर कार्यक्रम तय गरेको थियो । मेची महाकाली अभियान तीन दिनका लागि स्थगित गरेर राजधानी आएकाले एमाले नेताहरुले मंगलबार विशेष पत्रकार सम्मेलन आयोजना गरेर मधेशका कार्यक्रम स्थगित गरिएको बताएका हुन ।
आगामी २७ गते बाट हेटौडाबाट मेची–महाकाली अभियानलाई निरन्तरता दिने नेकपा एमालेका महासचिव इश्वर पोख्रेलले बताए । ‘फागुन २७ गते हेटौडाबाट मेची–महाकाली अभियानका सबै कार्यक्रम यथावत रुपमा सञ्चालन हुनेछन । त्यसको विस्तृत जानकारी चाडै सार्वजनिक गर्नेछौ’, पोख्रेलले भने ।
शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न सप्तरी पुगेको एमाले नेतृत्वको टोलीलाई मेधशी मोर्चाले अवरोध गर्न खोजे पछि सोमबार सप्तरीको राजविराज निकै तनावपूर्ण बनेको थियो ।
मधेशी मोर्चाका कार्यकर्ता निकै उग्र रुपमा प्रस्तुत भए पछि त्यसलाई नियन्त्रण लिन प्रहरीले सयौ राउण्ड अश्रुग्यास र हवाई फायरिङ गरेको थियो । तर, मोर्चाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेर प्रहरीलाई नै घाइते बनाए पछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट लागेर मधेशी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको थियो ।
No comments:
Post a Comment