Sunday, April 9, 2017

рдордзेрд╕ी рддрдеा рдЬрдирдЬाрддीрд╣рд░ुрд▓े рдзрдоाрдзрдо рдПрдоाрд▓े рдЫोрдб्рди рдеाрд▓े рдкрдЫी рднाрд░рддрд╕ंрдЧ рдоाрдлी рдоाрдЧ्рди рдмैंрдХрдХ рдкुрдЧे рдХेрдкी рдУрд▓ी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वस्थ्य उपचार गराउने बहानामा सनिबार थाइल्याण्डको राजधानी बैंकक पुगेका छन ।
बैंकक उड्नु अघि ओलीले नेपालमा भएका विभिन्न कार्यक्रमा प्रचण्डलाई खुबै गाली पनि गरे । उनले काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड भारतको इसारामा चलेको आरोप लगाउँदै आएका थिए । पछिल्लो समय भारतको चर्को आलोचक भनेर व्याख्या गरिएका ओलीले बैंककमा राजनीतिक गोप्य भेटवार्ताको योजना बनाएको खुलासा भएको छ । उनको टोलीमा पत्नी राधिका शाक्य, भतिजा राजेश बज्राचार्य सहभागि छन । तर, उनी चक्कर मारेर चक्मा दिने भन्दै भारतीय खुफिया एजेन्सीका मान्छे भेट्न बैंकक गएका हुन । ओलीको भ्रमणका विषयमा भारतमा समेत चर्चा सुरु भएको छ । भारतीय जनता पार्टीका एक नेताका अनुसार नेपालका पूर्वप्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वास्थ्य परिक्षण नभएर राजनीतिक भेटवार्तामा केन्द्रीत रहेको छ । त्यसैले ओलीको भ्रमणका विषयमा नयाँ दिल्लीमा चर्चा हुन थालेको हो ।

स्रोतका अनुसार भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेटवार्ता गर्न र वर्तमान प्रधानमन्त्री प्रचण्ड विरुद्ध योजना बनाउनका लागि ओलीकै पहलमा बैंकक भ्रमण तय भएको हो । पछिल्लो समय भारतीय गुप्तचर संस्था रअ ले दक्षिण एसियाको समस्या समाधानका लागि थाइल्याण्डमा छलफलको केन्द्र बनाउने गरेको छ ।

अघिल्लो माघमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि बैंककमै कुराकानी भएको थियो । रअ का प्रमुख राजिन्दर खन्ना पनि गत हप्ता थाइल्याण्ड पुगेका छन । नेपालको सुरक्षा संयन्त्रले स्थानीय निकायको निर्वाचनमा एमालेको अवस्था खस्कीने भन्दै गोप्य रिपोर्ट निकाले पछि एमाले अध्यक्ष ओली आत्तिएका हुन ।

खास गरि मधेस क्षेत्रमा एमालेलाई ठुलो नोक्सानी हुने सुरक्षा निकायको रिपोर्टबाट ओलीले चाल पाए पछि भारतसंग बिग्रीएको सम्बन्ध सुधार गर्न चाहेका थिए । पछिल्लो समय आफुलाई राष्ट्रवादी भन्दै चलचित्र देखि म्युजिक भिडियो सम्ममा अभिनय गरेका ओलीले दिने गरेको अभिव्यक्तीले पार्टी संकटमा फसेको भन्दै एमाले नेताहरुले वैठकमै ओलीको आलोचना गरेका थिए ।

अहिले भारत भ्रमणमा जाँदा पनि राम्रो सन्देश नजाने बरु बाहिर अन्य कतै भेट्न ओलीले भारतीय दुतावासका कर्मचारीहरुलाई आग्रह गरेका थिए । ओलीकै आग्रह अनुसार उपचार पनि हुने र राजनीतिक छलफल पनि हुने भन्दै बैंकक त्यसका लागि उपयुत्त हुने निस्कर्ष निकालीएको थियो ।
निर्वाचन बारे नेपाली खुफिया रिपोर्टमा एमालेको खस्कदो नतिजा निकाले पछि एमाले अध्यक्ष ओलीले माओवादीलाई स्थानीय निकायको निर्वाचन सार्न आग्रह समेत गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले खुलासा गरिसकेका छन ।

No comments:

Post a Comment