Thursday, April 27, 2017

рдордзेрд╕ी рд░ рдЬрдирдЬाрддी рдмिрд░ोрдзी рдПрдоाрд▓ेрдХो рд╣рдиुрдоाрди рдирд╣ुрдиे рднрди्рджै рдЬрдирдЬाрддीрд╣рд░ुрд▓े рдкाрд░्рдЯी рдЫोрдбे ।

स्थानीय तह नजिकिंदै जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिकामा एमालेलाई अर्को ठुलो धक्का लागेको छ । चुनाव नजिकिदै जाँदा मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ भुष्मे गाउँका पुरै गाउँले(जनजाती) हरुले एमाले परित्याग गरेको घोषणा गरेका छन । यस अघि तराञ्चे र ङादीको सिंगै गाउँले एमाले परित्याग गरी काँग्रेसमा प्रबेश गरेका थिए ।  भुलभुले बजारमा शनिबार दिउसो बैठक बसी पार्टी परित्याग गरेको घोषणा गर्दै विज्ञप्ती सामाजिक सञ्चालमा राखेका छन ।

एमाले नेताहरु धनसिंह तामाङ, नारायण बहादुर तामाङ, फुलबहादुर तामाङ, नन्दराज तामाङ, शुभसिंह तामाङ, राजकुमार तामाङ, हरिलाल तामाङ, गञ्जमान तामाङ, टासी लामा, प्रेमबहादुर तामाङ, कृष्णबहादुर तामाङ, शिरकुमारी तामाङ, किमाया तामाङ, पदमराज तामाङ, नन्दराज तामाङ, दिवस तामाङ, मखन तामाङ, मिनबहादुर तामाङ लगायतले संयुक्त रुपमा एमाले परित्याग गरेका हुन ।

उनीहरुले मधेसी जनजाती दलित महिला उत्पिडित महिला बिरोधी पार्टी एमालेको जिम्मेवारी र गतिविधिबाट पन्छिनुको साथै टाढा रहने विज्ञप्तीमा जनाएका छन । स्थानीय निर्वाचनमा उमेद्वारको विषयमा असुन्तुष्टी प्रकट गर्दै पार्टी नेतृत्वलाई दवाब दिन उनीहरुको राजिनामा आएको एमाले स्रोतले जनाएको छ । भुष्मे गाउँका एमाले नेता धनसिंह तामाङलाई वडाको टिकट नदिई जातको हिसाबमा अन्य व्यक्तिलाई दिए पछि भुष्मे गाउँका एमाले तामाङहरुले सामुहिक पार्टी परित्याग गरिएको बुझिएको छ ।

पार्टी परित्याग घोषणा गरेका धनसिंह तामाङले पार्टीमा व्यक्तिवादी र जातिवादी अहमता हावी हुँदा आफुँहरु अन्यायमा परेको बताउनु भयो । उहाँले आफुँहरुको पार्टीको सिद्धान्त र नीतिमा एकल जातीबादी हाबी भएको बताउनु भयो । उहाँले आफुँले टिकट पाउनु भन्दा पनि जातिय भेदभावको अन्त्य हुनुपर्ने बताउनु भयो ।

1 comment: