Saturday, April 29, 2017

рей% рде्рд░ेрд╕рд╣ोрд▓्рдб рдХрдЯाрдЙрди рдирд╕рдХ्рдиे рднрдП рдкрдЫी рдПрдоाрд▓ेрд▓े рдЧрд░्рдпो рдЪुрдиाрд╡ рд░ोрдХ्рдиे рдЧोрдк्рдп рдпोрдЬрдиा

स्थानीय तहको चुनावको पक्षमा आफू मात्र रहेको भ्रम छरेको मुख्य विपक्षी दल नेकपा एमालेले अन्तत वैशाख ३१ गतेको स्थानीय चुनावको मिति सार्न प्रस्ताव गरेको छ ।

देशान्तर साप्ताहिकमा खबर छ– वैशाख ३१ गतेको चुनावका लागि संविधानलाई अस्वीकार गर्दै आन्दोलनमा होमिएका मधेस केन्द्रीत दलहरु समेत सहमत भइसकेको अवस्थामा विपक्षी एमालेले वैशाख ३१ को निर्वाचन मिति केही दिन सारेर भए पनि एकैचरणमा निर्वाचन गर्नु पर्ने औपचारिक रुपमा प्रस्ताव अघि सारेको छ ।

सुरु देखि नै नेकपा एमालेले मधेसी दलहरुलाई मोहरा बनाएर स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्रमा लागेको आशंका गरिएको थियो । अन्ततः मधेसी दलहरु निर्वाचनमा आए पछि एमालेले निर्वाचनको मिति सार्न प्रस्ताव गरे सँगै एमालेको नियत स्पष्ट भएको छ ।

कथित राष्ट्रवादको नारा लिएर सोझै संसदीय चुनाव गराएर ठूलो पार्टी बन्ने सपना देखेको एमाले स्थानीय चुनावमा बढारिने डरले चुनावको मिति सार्न प्रस्ताव गरेको हो ।
एमाले उच्च स्रोतका अनुसार सरकारले संविधान संशोधनका लागि दुई तिहाई पुरयाइ सकेको अवस्थामा एमालेले संसदमा जवरजस्ती गरी संविधान संशोधन प्रस्ताव अगाडि बढाउन नदिने, यदी जबरजस्ती संशोधन पास गराएमा त्यही निहुँमा स्थानीय चुनावमा सहभागी नहुने रणनीतिमा लागेको छ ।

No comments:

Post a Comment