Tuesday, April 4, 2017

рд╕्рдеाрдиीрдп рддрд╣рдХो рдиिрд░्рд╡ाрдЪрди рд╣ुрдиु рдиै рдоाрдУрд╡ाрджीрдХो рдЬिрддः рдк्рд░рдзाрдирдорди्рдд्рд░ी

प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले स्थानीय तहको निर्वाचन सफल पार्नु राष्ट्रको प्रमुख कार्यभार भएको बताउँदै स्थानीय निर्वाचन हुनु नै माओवादी केन्द्रको जित हुने बताउनु भएको छ ।
आज दिउसो पेरिसडाडामा आदिवासी जनजाति राष्ट्रिय महासंघ, नेपाल ३ नं प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्रीले माओवादीले जनयुद्धकाल देखि उठाउँदै आएका संघियता, गणतन्त्र, लोकतन्त्र, समावेशिता, समानुपातिक सहभागिता, धर्म निरपेक्षतासहितका एजेण्डाहरु नयाँ संविधान मार्फत संस्थागत गरिएको बताउँदै संविधान कार्यान्वयनका लागि निर्वाचन सफल पार्नु पर्ने आवश्यकतामा जोड दिनु भयो । उहाँले संघियताको जग बसाल्न निर्वाचन जरुरी भएको बताउँदै परिवर्तनका उपलब्धी जोगाउन चाहने सबै स्थानीय निर्वाचनमा सहभागी बन्नु पर्नेमा जोड दिनु भयो । परिवर्तनका एजेण्डा खोस्न चाहनेहरुले मात्र निर्वाचन नचाहने भन्दै प्रधानमन्त्रीले सबै परिवर्तनकारीहरुलाई एकतावद्ध भएर निर्वाचनमा होमिन आग्रह गर्नु भयो ।
प्रधानमन्त्रीले अहिले जे जति उपलब्धी हासिल भएका छन्, ती सबै माओवादीकै एजेण्डा भएको र माओवादी नेतृत्वको संघर्षवाट प्राप्त भएको बताउँदै यी सकारात्मक उपलब्धी रक्षा र संस्थागत गर्ने दायित्व पनि माओवादीकै भएको प्रष्ट पार्नु भयो । उहाँले माओवादीहरुको एकतामा जोड दिँदै अहिले माओवादी पार्टी देशभक्त र जनपक्षीय शक्ति हो भन्ने कुरा राम्रैसँग पुष्टि हुन पुगेको बताउनु भयो ।
आफू नेतृत्वको सरकारले लोडसेडिङ हटाउने, ठूला आयोजनाहरु छिटो सम्पन्न गर्न पहल गर्ने, हुलाकी मार्ग र फाष्ट ट्याक निर्माण सुरु गर्ने, विदेशसँग सन्तुलित सम्बन्ध विकास गर्ने, २४ वर्षपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गर्ने लगायतका कैयौ उपलब्धी हासिल गरेको बताउँदै प्रधानमन्त्रीले माओवादी नै यो देश र जनताको भरोसायोग्य शक्ति हो भन्ने पुष्टि भइसकेको बताउनु भयो ।

No comments:

Post a Comment