Wednesday, April 26, 2017

рдХेрдкी рдУрд▓ीрд▓े рднрдиे рд╣ाрдоी рдпрддा рд╕ंрд╕рдж рдЕрд╡рд░ुрдж्рдз рдЧрд░े рдЬрд╕्рддो рдЧрд░्рдЫौ рддрдкाрдЗрд╣рд░ु рдЧाрдЙ рдЧाрдЙрдмाрдЯ рдЪुрдиाрдм рднाрдбрдиुрд╣ोрд╕

देउवा : चुनाव हुन दिने कि नदिने ?
ओली : चुनाव गर्नुस न हामी तयार छौं नि ?

देउवा :  चुनाव हुनलाई त संशोधन पास गर्नु पर्‍यो नि ।
ओली : संविधानले कहाँ रोकेको छ र चुनाव गर्न ? संशोधन फिर्ता लिनुस ।

देउवा : मधेसी दल बल्ल बल्ल तयार भएका छन चुनावलाई, तपाई संसद अवरुद्ध गरेर उनीहरुलाई भड्काउन खोज्ने ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिचको यो संवाद संसद भवन बानेश्वरमा बुधबार साढे ३ बजे बसेको दलहरुको बैठकमा भएको हो ।

संविधान संशोधन र चुनावको मुखमा तराईका जिल्लाामा स्थानीयत तहको संख्या बढाउन लागेको विरोधमा एमालेले संसद बैठक अवरुद्ध गरे पछि सहमति खोज्न दलहरुको बैठक बसेको थियो । तर त्यो बैठकमा सहमति खोज्ने भन्दा पनि दुई ठूला दलका नेताबिचको आरोप प्रत्यारोपमै बित्यो । कांग्रेस सभापतिले एमालेलाई चुनाव भाँड्न लागेको आरोप लगाउँदै संसद बैठकको अवरोध हटाउन आग्रह गर्नुभएको थियो ।

तर एमाले अध्यक्ष ओलीले स्थानीय तहको चुनावका लागि संविधान संशोधनको आवश्यकता नै नरहेको भन्दै संशोधन पास गर्न नदिने बताउनुभयो । उहाँले चुनावको मुखमा सरकारले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थपेर निर्वाचन आचार संहिता विपरितको काम गरेको भन्दै अहिले संख्या थप्न नहुने अडान राख्नुभयो ।

मंगलबारको संसद बैठक पनि अवरुद्ध गरेको एमालेले स्थानीय तहको संख्या थप्नुको चित्त बुझ्दो कारण पेश गर्न सरकारलाई भनेको थियो । जस अनुसार बुधबार संसदमा उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी दललाई सहमतिमा ल्याउन संख्या थप्न लागेको बताउनुभयो । तर त्यसप्रति चित्त्त नबुझेको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको थियो । त्यसपछि ३ बजेसम्मका लागि स्थगित भएको संसद बैठक फेरि ५ बजेसम्मका लागि स्थगित भएको छ ।

No comments:

Post a Comment