Saturday, April 29, 2017

рдиेрдХрдкा рдПрдоाрд▓ेрд▓े рднोрдЯ рдлрдХाрдЙрди рдПрди рдЬि рдУ / рдЖрдЗ рдПрди рдЬि рдУ рдк्рд░рдпोрдЧ рдЧрд░ेрд░ рдЙрджрдпрдкुрд░рдоा рдЦрд╕ी рд╡िрддрд░рдг рдЧрд░्рджै

नेकपा एमाले द्वारा उदयपुरमा सञ्चालन गरिएको गैरसरकारी संस्था एनजिओ र आइएनजिओ हरुले व्यापक रुपमा निर्वाचन अचारसंहिता उल्लंघन गरिरहेका छन । १६ फागुनबाट देशव्यापी रुपमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उदयपुरका गैरसरकारी संस्थालाई लागेको छैन ।

जिल्लामा दर्ता भएका एनजिओका मालिक नै नेकपा एमाले बाट निर्वाचनको लागि उम्मेदवारी हुने पक्का पक्की भए पछि निर्वाचन आचारसंहिता विपरीत खसी बाडी रहेका छन । एमालेले आफ्ना दलका नेता कार्यकर्तालाई बोलाएर होटलमा पार्टी तथा भोजको आयोजना समेत गर्ने गरेका छन । ‘एनजिओका कार्यकारी प्रमुखहरु कोही वडा अध्यक्ष, कोही उपमेयरको उम्मेवारी हुने भए पछि होटलबुक हुन थालेको छ,’ नाम नखुलाउने सर्तमा एक होटल व्यवसायीले भने, ‘बेलुकी पख उनीहरुकै लागि गाईघाटका विभिन्न होटलहरु बुक हुन थालेका छन ।’

No comments:

Post a Comment