प्रधान न्यायधीश सुशिला कार्की माथि सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले महाभियोग प्रस्ताव दर्ता गराए पछि उनी माथि महाभियोग लगाउनु पर्ने अवस्था कसरी सिर्जना भयो भन्ने कुरा चासोको विषय बनेको छ । आइतबार संशोधन प्रस्ताव माथि संसदमा निर्णय हुने भनिएता पनि त्यसलार्इ कार्यसुचीमै नराखी २१ गते सम्मका लागि संसद स्थगन गरे लगत्तै कार्की माथि महाभियोग प्रस्ताव लगाए पछि यो विषय थप चासोको विषय बनेको हो ।
स्रोतका अनुसार निलम्बित प्रधान न्यायधीश कार्की विरुद्व दुर्इ दलले महाभियोग लगाउने विषयमा पछिल्लो एक साता देखि छलफल जारी थियो । स्रोतका अनुसार कार्कीले १९ वैशाखमा आइजीपी प्रकरणमा डिआइजी नवराज सिलवालले हालेको रिट माथि सुनुवार्इ गर्दै सरकार विरुद्व फैसला गर्ने संकेत सरकारले पाएको थियो ।
कार्कीले बैशाख १९ गते नवराज सिलवाललाई पूरै कार्यकाल आइजीपी बनाउने आदेश सहितको निर्णय सुनाएर फुली लगाइ दिएर विदामा बस्ने अन्तीम तयारी गरेकी थिइन । ‘कार्यपालिका माथिको यस्तो हस्तक्षेप कुनै पनि हालतमा सहय हुँदैन । कार्यपालिकाले गरेको निर्णय उल्टाउने र एउटा व्यक्तिको पक्षमा हात धोएर लाग्ने काम गरेकाले सुशीला कार्की माथि महाअभियोग लगाउनु परेको हो ।’ स्रोतले भन्यो ।
स्रोतले थप्यो – ‘जयबहादुरलाई आइजीपी नबनाउ भनियो, हामीले बनाएनौ ।
कार्यसम्पादनका आधारमा बनाउ, भनियो, हामीले त्यसै गर्यौ । यस वीचमा सिलवालले कीर्ते गरेको छानविनबाट पुष्टि भयो, उनलाई सुशीला कार्कीले नपक्रन र छानविन नगर भनिन । त्यस पछि अझै अगाडि बढेर उनी आफैं फुली लगाइदिन लागि परिन ।’ त्यती मात्रै होइन, सिलवाललार्इ फुली लगाउनुका साथै कार्कीले प्रधानमन्त्रीलार्इ अपहेलनाको अभियोग लगाउने सुचना पाए पछि प्रधानमन्त्री प्रचण्डले उनी माथि महाअभियोगको प्रस्ताव दर्ता गराउनका लागि छलफल थालेका थिए ।
कार्की माथि महाभियोगको प्रस्ताव दर्ता भए सँगै प्रधानमन्त्री प्रचण्डको विरुद्धमा एमालेले रचेको षड्यन्त्रहरु असफल भएको प्रधानमन्त्री निकट स्रोतको दावी छ । स्रोतका अनुसार एमालेले यो विषयलाई चर्काएर प्रचण्डलाई असफल पार्ने खेलमा लागेको थियो । यदि कार्कीले प्रधानमन्त्री विरुद्वको अपहलेना अभियोग लगाएको खण्डमा नैतिकताको आधारमा प्रचण्डले पदबाट राजीनामा दिनु पर्ने अवस्था सिर्जना हुने निश्चित थियो । जुन खेलमा एमाले का उच्च नेताहरु र प्रधान न्यायधिस बिच ठुलै चलखेल भएको थियो । कांग्रेस र माओबादीले महाअभियोग लगाए संगै एमालेको यो योजना पनि तुहिएको छ ।
Tuesday, May 2, 2017
рдПрдоाрд▓ेрд▓े рд╢ुрд╕िрд▓ा рдХाрд░्рдХी рд▓ाрдЗ рдХिрдиेрд░ рдк्рд░рдЪрдг्рдб рд╕рд░рдХाрд░ рдмिрд░ुрдж्рдз рдк्рд░рдпोрдЧ рдЧрд░ेрдХो рдЦुрд▓ाрд╕ा
Subscribe to:
Post Comments (Atom)
рдмिрдиा рдиाрдо рдмिрдиा рдкрдд्рд░िрдХा рдЦрдмрд░ рди рдХुрдиै рд╕ंрд╕рд╕्рдеाрдХो рдиाрдо рди рдХुрдиै рдм्рдпрдХ्рддिрд▓рдХो рдиाрдо рдЦाрд▓ी рд╕्рд░ोрддрд▓े рднрди्рдпो рднрдиेрд░ рдПрдоाрд▓े рдкाрд░्рдЯी рд▓ाрдИ рдЖрд░ोрдк рдЧрд░्рдиु рдХाрдпрд░рдХा рдкु्рд░्рдг рднрди्рджा рдЕрд░ुрдХेрд╣िрд╣ोрдИрди рдпрджि рдпोрдХुрд░ा рд╕рдд्рддेрд╣ोрднрдиे рдПрдоाрд▓ेрд▓े рдЧрд▓рддрдЧрд░्рдпो рдаिрдХ्рдЫ рддрд░ рдЖрдлुрд▓ाрдИ рдоाрд╣ाрди рдаाрди्рдиे рджेрд╢рдХा рдЧрдж्рджाрд░рд╣рд░ु рдХे рдЦाрдПрд░ рдХрд╣ॉ рдмрд╕ेрдХाрдЫрди।
ReplyDeleteрдмिрдиा рдиाрдо рдмिрдиा рдкрдд्рд░िрдХा рдЦрдмрд░ рди рдХुрдиै рд╕ंрд╕рд╕्рдеाрдХो рдиाрдо рди рдХुрдиै рдм्рдпрдХ्рддिрд▓рдХो рдиाрдо рдЦाрд▓ी рд╕्рд░ोрддрд▓े рднрди्рдпो рднрдиेрд░ рдПрдоाрд▓े рдкाрд░्рдЯी рд▓ाрдИ рдЖрд░ोрдк рдЧрд░्рдиु рдХाрдпрд░рдХा рдкु्рд░्рдг рднрди्рджा рдЕрд░ुрдХेрд╣िрд╣ोрдИрди рдпрджि рдпोрдХुрд░ा рд╕рдд्рддेрд╣ोрднрдиे рдПрдоाрд▓ेрд▓े рдЧрд▓рддрдЧрд░्рдпो рдаिрдХ्рдЫ рддрд░ рдЖрдлुрд▓ाрдИ рдоाрд╣ाрди рдаाрди्рдиे рджेрд╢рдХा рдЧрдж्рджाрд░рд╣рд░ु рдХे рдЦाрдПрд░ рдХрд╣ॉ рдмрд╕ेрдХाрдЫрди।
ReplyDelete