चुनावी प्रचार प्रसारमा प्रयोग गरिएको टाटा सुमो गाडीलाइ एमाले कार्यकर्ताहरुले मंगलबार बिहान कावासोतीमा आगजनी गरेको छ ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले शंकर ढकालको बा १३ च ७१५० गाडीमा आगजनी भएको जानकारी दिए । उक्त गाडी घरमा रोकी राखिएको अवस्थामा थियो ।
गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए ।
एमालेका ४ जना कार्यकर्तालाइ पक्राउ गरी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।
No comments:
Post a Comment