अन्नपुर्ण-१ टेलिभिजनबाट प्रशारण भइ रहेकाे नेपालकै नम्बर १ तर सुरुवात देखि नै बिबादास्पद बन्दै आएको चर्चित ‘रियालिटी शाे’ नेपाल अाइडल बाट अब अाउट हुने प्रतिष्पर्धी काे हाेला भन्ने काैतुहलता यति बेला तपाइ हामी सबै बिच छ । र अन्तत ‘नेपाल अाइडल’ कि पहिलो टाइटल बिजेता को बन्ला भन्ने विषयले पनि सबैमा उत्तिकै खुल्दुली पैदा गराएकाे छ ।
यस अघि टप १० बाट अाउट भएकी केन्जल मेहर श्रेष्ठ अाउट हुने कुरा कार्यक्रम प्रशारण अघि नै सार्वजनिक भए पछि अाइडलकाे गाेप्यता माथि प्रश्न उठ्याे । टप ९ बाट अाउट भएका सन्ध्या जाेशी अाउट हुने समयमा पनि याे क्रम दाेहाेरियाे । अर्थात जाेशी अाउट हुने कुरा कार्यक्रम अघि नै सार्वजनिक भएको थियाे ।
अब हामी बिच बाकी रहेको छ, ‘टप ८ प्रतिष्पर्धी’ । टप ८ बाट काे बाहिरिएलान भन्ने अनुमान लगाउन त्यती सहज भने पक्कै छैन । त्यसाे त यस अघि श्रेष्ठ र जाेशी अाउट हुने कुराकाे पनि अनुमान लगाउन सहज थिएन । तर कार्यक्रम अघि नै उनीहरू अाउट हुने कुरा सार्वजनिक भए सँगै दर्शकले अाइडलकाे गाेपनीयता माथि प्रश्न उठाएको थियो ।
अब टप ८ बाट काे वाहिरिएला ? नेपाल अाइडलमा अहिले भइरहेकाे प्रस्तुती, दर्शककाे माया, भाेटिङकाे अवस्था, सामाजिक सञ्जालमा सक्रियता र निर्णायककाे प्रतिक्रियाकाे अाधारमा हामीले अब अाउट हुने प्रतिष्पर्धी देखि नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ बन्ने सम्मकाे नामवली यसरी तयार पारेका छौ । तर हामीले याे नामवली तयार पारेर नेपाल अाइडलकाे गाेपनीयता र नियत माथि भने शंका गर्न खाेजेको निश्चय पनि हाेइनाै । त्यस्तै याे समाचार तयार पारेर हामीले प्रतिष्पर्धीकाे मनाेबल गिराउन र उचाल्न खाेजेको त झनै हाेइनाै ।
सामाजिक सञ्जालमा निकै सक्रिय देखिने खाेटाङका युवा उल्सन श्रेष्ठ ‘टप ८’ बाट बाहिरिने प्रतिष्पर्धीकाे नाम हाे । तपार्इलार्इ लाग्न सक्छ, उल्सन कसरी अाउट हुन्छन?
नेपाल अाइडलकाे अडिसन राउण्ड देखि नै पप गीत मात्रै गाउने श्रेष्ठलार्इ उनकाे गृहजिल्ला खाेटाङकाे राम्रै साथ छ । र उनकाे दिदी पनि श्रेष्ठलार्इ जिताउन कम्मर कसेर लागेको छन भन्ने कुरा नेपाल अाइडलले नै उल्सनकाे विस्तृत विवरण सार्वजनिक गर्दा थाहा भएकै कुरा हाे । तर अब एउटै जिल्लाकाे मात्रै समर्थन भएर पुग्दैन । त्यसैले अब उनकाे प्रस्तुती र भाेटिङकाे अाधार हेर्दा अब श्रेष्ठ टप ८ बाट नै बाहिरिनेछन ।
श्रेष्ठ पछि बाहिरिने पालाे कसकाे ?
तपार्इलार्इ पक्कै खुल्दुली भइरहेकाे छ । सामाजिक सञ्जालमा निकै कम देखिएको बाबाको प्यारी छाेरी भनेर चिनिने सुजाता पाण्डे उलसन श्रेष्ठ पछि बाहिरिने प्रतिष्पर्धीकाे नाम हाे । बुटवल घर भएको उनले पनि बाबाकाे सक्रियताले राम्रै भाेट पाएकाे देखिन्छ । तर अब बाबाकाे सक्रियताले मात्रै उनी नेपाल अाइडलमा रहन सक्ने छैनन । बुटवलका पाण्डेले सबै खाले गीत प्रस्तुत गर्ने भएता पनि थाेरै मतान्तरका कारण उनी टप ७ बााट अाउट हुनेछन ।
पाण्डे पछी अब कस्को हाेला बाहिरिने पालो ?
प्रतिष्पर्धा निकै उत्कर्षमा पुगिरहेकाे बेला अब बाहिरिने प्रतिष्पर्धीकाे नाम छान्न निकै कठिन छ । तर समग्र कुराकाे विश्लेषण र अनुमान गर्दा अब अाउट हुने पालाे सुरज थापाकाे हाे । सुदुर र मध्यपश्चिमकाे रामै साथ पाएको सुरज थापा अब नेपाल अाइडलबाट बाहिरिनेछन । प्रचार प्रसारमा ध्यान दिए पनि थापा अाइडलकाे नियमानुसार थाेरै भाेट कम अाउँदा अाउट हुनेछन ।
अब बाँकी रह्याे ‘टप ५’ । याे राउण्डबाट प्रतिपर्धीले अाउट भए पनि अाेपाे स्मार्टफाेन र अाकर्षक गिफ्ट पाउने व्यवस्था छ ।
सबै किसिमको गीत गाउने क्षमता भए पनि धार्मिक र जातिय मुद्दाले माहोल तातिएको नेपालमा माेरङका युवा निशान भट्टराइलाइ राइ नभएर भट्टराइ भएकै कारण क्षेत्री बाहुन बाहेक अन्य समुदायले भोट नलगाउने पक्का छ किनकी भोट लगाउन जहिले पनि अघि सर्ने समुदायकाहरुले भोट नलगाइ चुपचाप बस्लान तर बाहुन क्षेत्रीलाइ कुनै पनि हालतमा भोट नहाल्ने भएकोले ‘टप ५’ बाट उनी बाहिरिने देखिन्छ ।
अब हामी ‘टप ४’ मा अाइ पुग्याै । नेपाल अाइडलकाे नियमानुसार एक जना मात्रै अाउट हुनेछन र टप ३ बाट सिधै नेपालकाे पहिलाे ‘नेपाल अाइडल’ छान्ने प्रावधान छ । त्यसाे भए टप ४ बाट काे हुन्छ त अाउट ? हाम्राे सर्वेक्षणले भन्छ टप ४ बाट अाउट हुने प्रतिष्पर्धीकाे नाम हाे, ‘प्रताप दास’ । सबै खाले गीत गाउने क्षमता भएका दासलार्इ उनकाे प्रस्तुतीकाे अाधारमा भाेट भने अाएकाे देखिँदैन । त्यसैले त उनी यस अघि दुर्इ पटक डेन्जर जाेनमा समेत परिसकेका छन ।
अब नेपाल अाइडलमा बाँकी रहनेछन्, ‘बुद्ध लामा, प्रमिला राइ र सागर अाले । अब यी तीन प्रतिष्पर्धी मध्येबाट काे बन्लान नेपालकाे पहिलाे ‘नेपाल अाइडल’?
रियालिटि शाेकाे नियम नै हाे कि ‘टप ३’ प्रतिष्पर्धी मध्ये जसकाे भाेट बढी अाउँछ, उसैले टाइटल जित्छ । अब बुद्ध, सागर र प्रमिला मध्ये जसले भाेट बढी ल्याउँछ उही बन्नेछ नेपालकाे पहिलाे नेपाल अाइडल ।
हाम्राे सर्वेक्षण अनुसार अब टप ३ वा सेकेण्ड रनरअपमा बुद्ध लामा पर्ने देखिन्छन । तामाङ समुदाय र विदेशकाे नेपाली समेतको राम्रै साथ पाएको लामाले पाेखराकाे पनि केही प्रतिशत भोट पाउनेछन । तर अब एउटै समुदायकाे मात्रै भाेटले पुग्दैन । सामाजिक सञ्जालमा पनि कम देखिएका लामा टप ३ सम्म पुग्छन । तर उनले यस पछि सामाजिक सञ्जालमा सक्रियता बढाउने देखि अन्य समुदायकाे पनि भाेट तान्न सक्याे भने यसै भन्न पनि सकिन्न ।
रार्इ लिम्बु समुदायकाे राम्रै साथ र मत समेत बटुलेकी प्रमिला राइ टप २ प्रतिष्पर्धी हुन । विदेशकाे समेत भाेट बटुलेकी रार्इ टाइटल बिजेता हुन्छन वा फर्स्ट रनर अप मात्र हुन्छन त्याे भने त्यति बेला नै थाहा हुनेछ तर हाम्राे सर्वेक्षणले रार्इ फर्स्ट रनर अप हुने देखिन्छ ।
यहा सम्म आइ पुग्दा अब पहिलो नेपाल आइडल को बन्ने रहेछ भन्ने पक्का भइसक्यो जसले ९५% मगर समुदायबाट राम्रै भाेट पाउनेछन भने निशान भट्टराइको केही समर्थकहरुले
समेत उनैलाइ समर्थन गर्नेछन साथै चितवनबासीहरुले समेत भोट उनैलाइ दिएर पहिलो नेपाल आइडल बनाउनेछन ।
याे सर्वेक्षण शतप्रतिशत मिल्छ भन्ने पनि छैन । तर हामीले विभिन्न मापदण्डलाइ अाधार मानेर हेर्दा याे सर्वेक्षण धेरै हद सम्म मिल्ने देखिन्छ ।
नेपाल अाइडलमा काे के हुने भन्ने कुराकाे ग्यारेण्टी गर्ने तपार्इहरूकाे भाेटले नै हाे । त्यसैले भाेट गर्न चाहिँ नबिर्सिनु हाेला । तपाइकाे भाेट पाएकाे खण्डमा माथि उल्लिखित टप ८ मध्ये जाे काेही पहिलो नेपाल अाइडल बन्न सक्दछ्न ।
No comments:
Post a Comment