Thursday, July 20, 2017

नगर/गाउ पालिकामा निर्बाचित मेयर/अध्यक्षहरुलाइ आंगकाजी शेर्पाकाे ११ अनुराेध

१) आफु निर्वाचित नगरपालिका तथा गाउपालिकामा
आदिवासीका मातृभाषाहरू प्रयाेग गर्ने निति पारित गर्ने । सबै सूचनाहरू नगर तथा गाउपालिकामा बाेलिने  मातृभाषाहरूमा प्रकाशित गर्ने !

२) उच्च माध्यमिक तह सम्म मातृभाषाकाे माध्यमबाट पढ़ाउने !

३) गाई गाेरूकाे मासु सेवन गरे वापत १२ बर्ष जेल सजाय हुने हिन्दुवादी कानुन खारेज गरेर जेलमा भएकाहरूलाई रिहा गर्ने । आफ्नाे धर्म रितिरिवीज तथा संस्कृतिकाे अभ्यास गर्न प्रतिबन्ध लगाउने सबै प्रकारकाे हिन्दुवादी क़ानूनी बन्देज हटाउने !

४) लाेहसार, साकेला, महपूजा, छठ, जीतियपूजा, माघे संकरान्ती आदी जस्ता आदिवासीका चाडपर्व मनाउन सरकारी विदा दिने र सरकारी बजेट उपलब्ध गर्ने !

५) कार्यलय समयमा आदिवासी मधेसी अध्यक्ष तथा सदस्यहरूले आफ्नाे पहिचान झल्कने जातिय पाेशाक लगाउने !

६) नगर तथा गाउपालिका भवनहरू बनाउदा स्थानीय आदिवासीका संस्कृति झ्ल्कने गरेर बनाउने !

७) पन्चायतकालमा हिन्दु धर्म र खसभाषामा नामकरण गरिएकाे महत्वपूर्ण गाउ ठाउ, हाटबजार, नदीनाला, डाँडाहरू पुन पुरानै आदिवासीकाे भाषाबाट  नामकरण गर्ने !

८) आदिवासी संग्रहालय तथा मातृभाषा अनुसन्धान केन्द्र स्थापना गर्ने !

९) नगर तथा गाउपालिका कार्यालयमा नेपालकाे झण्डासंगै आदिवासी जनजाति महासंघकाे झण्डा राख्ने !

१०) स्थानीय एफ एम रेडियाेमा आदिवासीकाे मातृभाषामा समचार वाचन गराउने !

११) एउटै जाती, भाषा र धर्म मान्ने समुदायहरू बसाेबास गरेकाे गाउलाई खण्डित गरेर नगर, गाउपालिका र वडा सिमांकण गरिएकाे भए ती स्थानहरूकाे पुन सिमांकण गर्ने !

No comments:

Post a Comment