Saturday, February 25, 2017

рдордзेрд╕ी рдоोрд░्рдЪाрд▓े рд╕рд░рдХाрд░рд▓ाрдЗ рджिрдПрдХो рд╕рдорд░्рдерди рдлिрд░्рддा рд▓िрджै

मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । आज भएको कार्यक्रममा नेता सुमनले सरकारले संशोधन प्रस्ताव पारित गर्न आलटाल गरे २४ देखि ४८ घण्टा भित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन ।
उनले भने –यो सरकारसँगको सम्बन्ध विच्छेद गर्दा ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती अनुहार टेष्टेड भएकाले उनीहरुबाट पनि समस्या समाधान नहुने जिकिर गरे ।
यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भए पनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो । उनले भने,‘संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्छ, अनि मात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौ ।’

उनले संविधान संशोधन र निर्वाचनलाई सँग सँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे। उनले ९ महिना पछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्ताव माथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन ।’ उनले सरकारले चाहयो भने एमाले विना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रममा एमाले नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनै पनि अवरोध नगर्ने स्पष्ट पारेका छन । मिश्रले भने,‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै लगेर टुँगो लगाउनु पर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निश्कर्षलाई मोर्चाले पनि स्विकार्नु पर्छ, लचकता देखाउनु पर्छ ।’
उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेशी मोर्चा पनि लचिलो बन्नुपर्ने माग गरे ।

No comments:

Post a Comment