मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन ।
सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन् । यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि चल्न सकेका छैनन ।
झापामा भने बन्दको कुनै पनि प्रभाव छैन । सिरहा र सप्तरीमा यातायातका साधान, बजार, पसल ठप्प हुँदा बिहानै देखि जनजीवन प्रभावित भएको छ । मोटरसाइकल भने फाट्टफुट्ट रुपमा चलेका छन ।
बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको छ । मोर्चाले पहिले संविधान संसोधन गरेर मधेसी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आह्वाान गरेको हो । बन्दको अघिल्लो दिन संयूक्त मधेसी मोर्चा रंगेलीले मंगलबार बेलुका रङ्गेली स्थित काली मन्दिरबाट सरकारले चुनावको मिति घोषणा गरेकोमा विरोध जनाउदै राँके जुलुस निकालेको छ ।
संयुक्त मधेसी मोर्चा रङ्गेली संयोजक शंकरप्रसाद साहको नेतृत्वमा स्थानीय काली मन्दिर बाट निस्केको राँके जुलुस रंगेली चोक हुँदै बसपार्कमा पुगेर टुङ्गीएको थियो । संविधान संशोधन गर, लगायतका नारा लगाउँदै मोर्चाका कार्यकर्ताहरु जुलुसमा सहभागी थिए ।
Tuesday, February 21, 2017
рдордзेрд╕ी рдоोрд░्рдЪाрдХो рддрд░ाрдИ рдмрди्рджрдХा рдХाрд░рдг рдЬрдирдЬीрд╡рди рдХрд╖्рдЯрдХрд░
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment