Monday, February 27, 2017

рдПрдоाрд▓े рд▓े рдпрд╕рд░ी рдкрд░िрдЪाрд▓рди рдЧрд░्рдпो рдордзेрд╕ рд░ рдордзेрд╕ी рдмिрд░ुрдж्рдз рд░ैрдеाрдиे рдПрдХрддा рдиाрдордХो рдкрд░िрд╖рдж

रैथाने एकता परिषद नेकपा एमालेबाट परिचालित भएको रहस्य खुलेको छ । मधेसी जनताको मन भड्काउने र मधेसी मोर्चाका नेताहरुलाई बदनाम गराउन परिषद एमालेको सहयोगमा गठन भएको हो ।

एमालेले सुरुमा मधेस र मधेसी मोर्चाको विरुद्धमा बोल्न तथा टक्कर दिन चुरे भावर नामको संगठन खडा गर्यो । तर पछिल्लो समय चुरे भावरको गतिविधि कमजोर बने पछि अहिले एमालेले रैथाने एकता परिषद जन्माए । एमालेले पार्टीका संगठित सदस्य संतोष बराइलीलाई संयोजकको रुपमा उभ्याएर मधेस र मधेसी मोर्चाविरुद्ध विभिन्न गतिविधि गर्न उस्काइरहेका छन ।

मधेस आन्दोलनको उद्गम विन्दु लहानलाई नै आफ्नो मुख्य कार्य क्षेत्र ठानेर परिषदले मधेस विरुद्ध अनेक हर्कत गरिरहेको छ । परिषदका संयोजक बराइली लहानमा मधेस र मधेसी मोर्चाका नेताहरु विरुद्ध विभिन्न गतिविधि समेत गरेको हो । स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरु विरुद्ध विभिन्न गतिविधि गर्न परिषदलाई एमालेले रकम उपलब्ध गराउँदै आएका छन ।

लहानमा रयाली निकाल्दा सहभागीलाई पेट्रोल बाड्छन । साँझमा सबै सहभागीलाई होटलमा लगेर मासु र दारु खुवाउने गर्छन । सोही कारण लोभमा परेर सिरहाका केहि थारु र केहि पहाडी मुलका यूवा परिषदमा आवद्ध भएका छन । लहानमा जुलुस निकाल्दा कटारीबाट समेत यूवाहरु आउँछन । कटारीबाट आउने यूवाहरु एमाले कार्यकर्ता रहेको स्रोतको दावी छ ।

को हुन् बराइली ?

परिषदका संयोजक उदयपुर कटारी घर भएका संतोष बराइली हुन । एमाले पार्टीका संगठित सदस्य रहेका बराइली प्रेस चौतारीका केन्द्रिय सदस्य पनि हुन । सिरहाबाट प्रकाशित नवसंग्राम दैनिकका हकर (पत्रिकार वितरण)को काम गर्थे । लहानबाट काठमाण्डौ छिरे पछि एमाले नेताहरुलाई अगाडी पछाडी गर्न थाले । कुनै मिडियामा औपचारिक रुपमा काम नगर्ने बराइली पत्रकारको धाक लगाउँदै विभिन्न गलत हर्कत गरेर चर्चामा रहिरहने पात्र हुन ।

उनी एमालेको संरक्षणमा पत्रकारको खोल ओढेर विभिन्न संघसंस्था तथा व्यावसायीहरुलाई धम्काउँदै रकम उठाउने गरेको स्रोतको दावी छ । सोही कारण उनी पछिल्लो पटक एमालेबाट परिचालित भएर रैथाने एकता परिषद गठन गरे । र मधेसी मोर्चा विरुद्ध विभिन्न हर्कत गर्दै आएका छन ।

बराइली एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र हुन । उनी ओलीसँगै रहेको तस्विर फेसबुकमा पनि राखेका छन । यसले थप पुष्टि हुन्छ कि बराइली एमालेका हुन र एमालीबाट परिचालित हुन ।

साभार Madhes Live

Saturday, February 25, 2017

рдордзेрд╕ी рдоोрд░्рдЪाрд▓े рд╕рд░рдХाрд░рд▓ाрдЗ рджिрдПрдХो рд╕рдорд░्рдерди рдлिрд░्рддा рд▓िрджै

मधेशी मोर्चाका नेता मनिष सुमनले मोर्चाले ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन । आज भएको कार्यक्रममा नेता सुमनले सरकारले संशोधन प्रस्ताव पारित गर्न आलटाल गरे २४ देखि ४८ घण्टा भित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन ।
उनले भने –यो सरकारसँगको सम्बन्ध विच्छेद गर्दा ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती अनुहार टेष्टेड भएकाले उनीहरुबाट पनि समस्या समाधान नहुने जिकिर गरे ।
यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भए पनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो । उनले भने,‘संशोधन प्रस्ताव परिमार्जन सहित पारित हुनुपर्छ, अनि मात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौ ।’

उनले संविधान संशोधन र निर्वाचनलाई सँग सँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे। उनले ९ महिना पछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्ताव माथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन ।’ उनले सरकारले चाहयो भने एमाले विना नै दुई तिहाई पुग्ने समेत विश्वास व्यक्त गरे ।
कार्यक्रममा एमाले नेता डा. बंशिधर मिश्रले संविधान संशोधन प्रस्तावलाई टुँगोमा पुर्याउनको लागि एमालेले कुनै पनि अवरोध नगर्ने स्पष्ट पारेका छन । मिश्रले भने,‘हाम्रो पार्टी चुनावको बाधा, अड्चन हटाउनको लागि संविधान संशोधन प्रस्तावलाई प्रक्रियामै लगेर टुँगो लगाउनु पर्छ भन्ने कुरामा स्पष्ट छ, प्रक्रियाबाट आएको निश्कर्षलाई मोर्चाले पनि स्विकार्नु पर्छ, लचकता देखाउनु पर्छ ।’
उनले आफ्नो पार्टी लचिलो बनिसकेकोले अब मधेशी मोर्चा पनि लचिलो बन्नुपर्ने माग गरे ।

Friday, February 24, 2017

рдиिрд░्рдмाрдЪрди рдмिрдеोрд▓्рдиे рдиिрд░्рдгрдп

संघीय गठबन्धनमा आवद्ध दलहरुले स्थानीय तहको निर्वाचन हुन नदिन आन्दोलनको तयारी गर्ने भएको छ ।शुक्रबार काठमाडौमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । गठबन्धनमा आवद्ध दलहरुले सरकारले आफ्ना मागहरुलाई बेवास्ता गर्दै एकतर्फी रुपमा निर्वाचनको मिति घोषणा गरेको भन्दै निर्वाचन बिथोल्ने निर्णय गरेको हो । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकमा निर्वाचन विरुद्ध आन्दोलनको कार्यक्रम बनाउन संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यदल पनि गठन गरेको छ । कार्यदललाई ७ दिन भित्र आन्दोलनको खाका बनाउने कार्यादेश पनि दिइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल भए पनि ठोस निर्णय भने नभएको राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

Wednesday, February 22, 2017

рдЪुрдиाрдм рддाрд▓िрдХा рд╕ाрд░्рдмрдЬрдиिрдХ

सरकारले बैशाख ३१ गते चुनावको घोषण गरेको दुइ दिनमै निर्वाचन आयोगले निर्वाचनको कार्यतलिका सार्वजनिक गरेको छ ।
तालिका अनुसार
बैशाख १६ गते भित्र उम्मेदवारी दर्ताको सीमा तोकीएको छ ।
निर्वाचन आयोगको प्रेस विज्ञप्ति अनुसार बैशाख १७ गते दावी विरोध र मनोनयन पत्र जाँच गर्नेछ ।
बैशाख १८ गते उम्मेदवारी फिर्ता दिने र बैशाख १९ गते अन्तिम नामावली प्रकाशन गर्ने रहेको छ ।
१९ गते नै उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरी ३१ गते विहान ७ बजे देखि ५ बजे सम्म मतदान हुने उल्लेख गरिएकोछ ।

рдПрдоाрд▓ेрд╕рд╣िрддрдХा рдиौ рд╡िрдкрдХ्рд╖ी рджрд▓рд▓े рдЖрдЬ рдкрдиि рд╕ंрд╕рдж рдЪрд▓्рди рджिрдПрдирди

१५ दिन पछि बस्न लागेको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ । दलहरुबीच सहमति नभए पछि बैठक स्थगित गरिएको स्रोतले बताएको छ ।

आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी थियो । तर, अब संसद बैठक बुधबार दिउँसो दुई बजे बस्ने जनाइएको छ ।

संविधान संशोधनको विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दलबीच कुरा मिलेको छैन् । सहमतिको प्रयासमा प्रधानमन्त्री प्रचण्डले आजै संसद भवन भित्र सर्वदलीय बैठक आवहान गरेका थिए ।

рдкрдд्рд░рдХाрд░ рдорд╣ाрд╕ंрдШрдХा рдкूрд░्рд╡рдХोрд╖ाрдз्рдпрдХ्рд╖рд╕рд╣िрдд рджुрдИ рдкрдд्рд░рдХाрд░рд▓ाрдЗ рд╕рдоेрдд рдЫोрдбेрдирди рдордзेрд╕ीрд╣рд░ुрд▓े

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरमा दुई सञ्चारकर्मीमाथि कुटपिट गरेका छन ।

रघुविर महासेठको घर घेराउको क्रममा समाचार संकलनको लागि गएका नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शितल साह र पत्रकार सुरेश यादवलाई मधेसी मोर्चाका कार्यकर्ताले कुटपिट गरेका हुन ।

साहको टाउकोमा चोट लागेको छ र, जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

एमाले कार्यकर्ताको कुटाईबाट समेत दुईजना आन्दोलनकारी घाइते भएका छन । उनीहरुको पनि अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी क्षेत्रमा मोटरसाइकल र्‍याली निकाल्न खोजेका थिए, जहाँ एमाले नेता रघुवीर महासेठको घर छ र, एमाले उपाध्यक्ष बामदेव गौतम त्यही बसेका थिए । जसका कारण उक्त क्षेत्र तनावग्रस्त छ ।

Tuesday, February 21, 2017

рдордзेрд╕рд▓े рддрддाрдпो рд░ाрдЬрдиिрддी рдоाрд╣ोрд▓

मधेसी मोर्चाले तराई क्षेत्रमा गरेको बन्दका कारण तराईको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधन, शैक्षिक संस्था, उद्योग व्यवसाय बन्द भएका छन ।
बन्दका क्रममा आन्दोलनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप समेत भएको छ । जनकपुरको ब्रह्मपुरमा प्रहरीसँगको झडपमा दुई जना आन्दोलनकारी घाइते भएकाछन ।

झडपमा स्थानीय कुलदीप शाह र राजु शाह घाइते भएका हुन । उनीहरुको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन । यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि चल्न सकेका छैनन ।

सरकारले बैशाख ३१ मा स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलनमा उत्रिएको छ । मोर्चाले संविधान संशोधन गरेर मधेसी मोर्चाको माग सम्बोधन नगरेको भन्दै असन्तुष्टी जनाएको छ । 

рдбा. рдХрд╡ाрд░ीрд╕ंрдЧ рдк्рд░рдЪрдг्рдбрдХो рднेрдЯ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारीले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने बताउनु भयो ।
भेटमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने बताउनु भयो । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

реирел,режрежреж рдордд рдкेрдЯिрдХा рдЕрдкुрдЧ рд╣ुрдиे рдпрд╕ рдкрдЯрдХ рдЗ рднोрдЯिंрдЧ рдирд╣ुрдиे

स्थानीय तहको निर्वाचनका लागि ठूलो साइजका २५ हजार मतपेटिका थप गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा धेरै उमेदवार हुने र मतपत्र ठूला हुने भएकाले २५ हजार मतपेटिका थप गर्नु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन आयोगसँग अहिले १७ हजार ठूला र ४५ हजार साना साइजका मतपेटिका छन ।
देश भर एकै चरणमा निर्वाचन गर्दा नया संरचना अनुसार बनेका ७१९ निकायमा कम्तिमा २० हजार मतदान केन्द्र रहने आयोगको अनुमान छ । यद्यपि सरकारले स्थानीय तहको संख्या थप गर्ने जनाएको छ । त्यसले गर्दा मतदान केन्द्र समेत थपिन सक्छन ।
स्थानीय तह पुनर्संरचना आयोगले देशभर ४ महानगरपालिका, १२ उपमहानगरपालिका,२४१ नगरपालिका, ४६२ गाउँपालिका तोकेको छ । यो संख्या तराईका जिल्लामा थप गर्ने सरकारले निर्णय गरिसकेको छ ।
पुनर्संरचना आयोगको प्रतिवेदअनुसार पनि ७१९ स्थानीय तहमा ६ हजार ५ सय ५६ वडा रहन्छन । जस अनुसार प्रत्येक स्थानीय तहमा प्रमुख र उपप्रमुख, प्रत्येक वडामा अध्यक्ष र उपाध्यक्ष तथा ५ जना वडा सदस्य रहने व्यवस्था छ । जसले गर्दा एकजना मतदाताले ९ जनालाई मतदान गर्नुपर्छ । “एउटा पार्टीले सबै पदमा उमेदवारी दर्ता गराए भने र १० वटा पार्टी सहभागी भए पनि ५० वटा चिन्ह चाहियो,” उनले भने, “अझै स्वतन्त्र उमेदवार पनि हुन्छन् । यसले गर्दा मतपत्र ठूलो हुन्छ । त्यसले गर्दा ठूला मतपेटिका थप्नुपर्ने भएको हो ।”

३५ हजार बढी जनप्रतिनिधि चयन हुने
७१९ स्थानीय तहमा १ हजार ४३८ प्रमुख उपप्रमुख चयन हुन्छन् । त्यसैगरी ६ हजार ५५६ वडा अध्यक्ष र उपाध्यक्षमात्रै १३ हजार ११२ जना चयन हुन्छन् भने वडा सदस्य ३२ हजार ७ सय ८० छानिनेछन् । स्थानीय तहको संख्या वृद्धि भएमा यो संख्या अझै बढ्ने देखिन्छ ।

विद्युतीय मतदान नहुने  
बेलाबेला विद्युतीय भोटिङ मेसिनको चर्चा र बहस चले पनि स्थानीय तहको निर्वाचनमा मतपत्रबाटै भोटिङ हुने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले विद्युतीय मतदानको सम्भावना नरहेको स्पष्ट पारेका हुन ।
“अब मतपत्रमै निर्वाचन हुन्छ,” उनले भने, “नेपालमा विद्युतीय मेसिनको उत्पादन नभएकोले पनि अब भोटिङ मेसिनको सम्भावना भएन ।”

рдЕрдиेрд░ाрд╕्рд╡рдмिрдпुрд▓े рдПрдХै рд░ाрддрдоा рейрежреж рдирдХ्рдХрд▓ी рдорддрджाрддाрдХो рдиाрдо рдердкे рдкрдЫी

राताराता नक्कली मतदाताको नाम थपिएको भन्दै अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालावन्दी गरेका छन ।
यस अघि १४ गतेका लागि तय भएको चुनावको लागि क्याम्पसले ३२ सय जना विद्यार्थीको नामावली प्रकाशन गरेको भएपनि मंगलबार क्याम्पसले ३५ सय जनाको नामावली प्रकाशन गरेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन । 
‘त्रिविले भर्ना बन्द गरेको लामो समय भइसक्यो तर आरआरमा भने ३२ सय बाट ३५ सय विद्यार्थी पुरयाइएको छ । तीन सय विद्यार्थी फर्जी भर्नाबाट आएका हुन' अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले हामीसँग भन्नुभयो, ‘भर्ना बन्द भएको अवस्थामा पनि रातारात विद्यार्थी संख्या बढाएर सिधै धाँधली गर्न खोजेको देखियो ।’
यस्तै स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको चुनावी प्रक्रिया सुरु भएको छ । आउँदो बुधबार हुन लागेको चुनावको लागि बुधबार दिउँसो २ बजेसम्म मतदाता सूचिमाथि दाबी बिरोध र बिहीबार १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
यस्तै बिहीबार १२ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फका उम्मेद्वारको मनोनयन पत्र वितरण गर्ने तालिका छ । शनिबार बेलुका ५ बजेसम्म प्रत्यक्षतर्फका उम्मेद्वारको नामावली प्रकाशन गर्ने, आइतबार विहान ८ देखि १० बजेसम्म उम्मेद्वारको नामावलीमा दाबी विरोध गर्न सकिनेछ ।
आइतवार नै १२ देखि ३ बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ । यसअघि १४ गते शनिबारको लागि तय भएको चुनाव पाँच दिनपछि आउँदो बुधबारका लागि सारिएको हो ।

рдоोрд░ंрдЧ рдкрдиि рдардк्рдк

मधेसी मोर्चाको आहवानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । 

बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूट रुपका कुदिरहेका देखिन्छन । 

सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिले सम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । 

मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा बन्दको आह्वान गरेको हो ।

рдмрди्рджрд▓े рдЬрдирдХрдкुрд░ рдардк्рдк

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आवहान गरेको बन्दका कारण धनुषाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । सरकारले निर्वाचनको मिति तय गरे पछि पुन: आन्दोलित बनेको मोर्चाले आहवान गरेको बन्दका कारण जनकपुर बजार सहित आसपासका क्षेत्रहरु ठप्प भएका छन । जनकपुर भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन भने, बजार पनि बन्द छ । मोर्चाका कार्यकर्ताले बिहानै देखि सडकमा उत्रिएर टायर बाली विरोध प्रदर्शन गरिरहेका छन । यद्यपी दुई पाङ्ग्रे सवारी तथा रिक्साहरु भने फाट्टफुट्ट चलेको देख्न सकिन्छ । एकाबिहानै कलेज पुगेका विद्यार्थीहरु पढाइ नभए पछि फर्किएका थिए । मोर्चासम्बद्ध दलका विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर शिक्षण संस्था बन्द आहवान गरेका थिए ।

рдмाрдорджेрдм рдЧौрддрдо рдШेрд░ाрдЙрдоा рдПрдоाрд▓ेрдХा рджрд░्рдЬрдиौ рдХाрд░्рдпрдХрд░्рддा рдШाрдЗрддे

मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका छन । मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका हुन ।

सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरे पछि झडप भएको हो । जनकपुरको ब्रह्मपुरी स्थित महासेठको घर अगाडिबाट र्याली अगाडि बढ्दै गर्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरे पछि मोर्चाका कार्यकर्ता आक्रोशित भएको अध्यक्ष सिंहले जानकारी दिए ।

झडपको क्रममा मोर्चाका राजु साह र कुलदीप साहको खुट्टा भाँचिएको छ भने एमालेका धेरै कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । मोर्चाका नेताले हाल वामदेव गौतम बसेको महासेठको घर घेराउ गरेका छन भने प्रहरीको व्यापक उपस्थिति पछि झडपलाई नियन्त्रणमा लिइएको छ ।

рд╕ंрд╕рдж рдмैрдардХрдЕрдШि ​рдк्рд░рддिрдкрдХ्рд╖ी рдЧрдардмрди्рдзрдирдХो рдмैрдардХ рдмрд╕्рджै

संसद्‍मा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लचक देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले केही बेरमा बस्दैछ । संसद् भवन बानेश्वरमा बस्ने बैठकमा संसद्‍को प्रक्रिया र निर्वाचन घोषणा पछिको राजनीतिक परिस्थिति बारे अध्यक्ष केपी ओलीले धारणा राख्ने कार्यक्रम छ । 'निर्वाचनको मिति घोषणा भए पछि अब हाम्रो भूमिका कस्तो हुने भन्ने विषयमा बैठक डाकेका हौँ', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने ।

त्यस्तै एमाले संसदीय बैठक लगत्तै प्रतिपक्षी ९ दलीय गठबन्धनको पनि बैठक बस्दैछ । गठबन्धनमा नेकपा एमाले, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्त्रिक) नेपाल, बहजुन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपाल रहेका छन ।

गत मंसिर १४ गते संसद्‍मा प्रस्ताब टेबल गरे पछी भएको प्रस्ताव राष्ट्रघाती रहेको भन्दै एमालेले संसदमा छलफलको विषय हुन नसक्ने बताउँदै आएको थियो । तर गत २४ सरकारले गरेको थियो। तर एमालेको विरोधका कारण सरकारले सैद्धान्तिक छलफल अगाडि बढाएको थिएन भने संसद्‍को कार्यसूचीमा समेत राखेको थिएन ।

सोमबारको मन्त्रि परिषद् बैठकपछि सोमबारको कार्यसूचीमा संशोधनको प्रस्ताव सभामुखले राखेकी थिइन तर कार्यसूची वितरण गर्नु अघि नै संसद बैठक सूचना टाँसमार्फत स्थगित भएको थियो ।

आज संसद् बैठक २ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको सर्वदलीय बैठक पछि आज देखि संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्ने बताएका थिए ।

рдордзेрд╕ीрдХो рдмрди्рджрд▓े рдк्рд░рджेрд╢ рдирдо्рдмрд░ реи рдардк्рдк

मधेशी मोर्चाले आह्वान गरेको ‘मधेश बन्द’ को प्रभाव दुई नम्बर प्रदेशका जिल्लाहरु बाहेक अन्यत्र परेको छैन । बन्दका कारण बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका बजारहरु ठप्प भएका छन भने यातायात, कलकारखाना, शैक्षिक संस्थाहरु पनि बन्द छन । बारा, पर्साका राजमार्ग क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन । सर्लाहीमा भने राजमार्ग पुरै खुला छ । नवलपुर, लालबन्दी लगायतका बजारहरु खुला छन भने सवारी साधन पनि चलिरहेका छन । बन्दको प्रभाव मोरङ र सुनसरी क्षेत्रमा  पनि परेको छ । विराटनगरमा केही मोटरसाइकल बाहेक अन्य सवारी साधन चलेका छैनन । यता रुपन्देहीको बुटवलमा बन्दको प्रभाव परेको छैन भने भैरहवामा आंशिक प्रभाव परेको छ । भैरहवामा सार्वजनिक सवारी साधन चलेका छैनन भने निजी सवारी साधन चलिरहेका छन । बजार आंशिक खुला छ । नवलपरासीको परासी बजार बन्द भए पनि अन्य क्षेत्रमा बन्दको प्रभाव परेको छैन । राजमार्ग क्षेत्रका सबै बजार खुला छन् भने गाडिहरु सुचारु छन । कपिलवस्तुको परासी लगायतका दक्षिणी बजारहरु बन्द भए पनि राजमार्ग क्षेत्र खुला छ । कृष्णनगर बन्द छ भने गोरसिंगे, चन्द्रौटा लगायतका बजारहरु खुलै छन् । दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा बन्दको प्रभाव परेको छैन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसको विरोधमा मोर्चाले आज मधेश बन्दको आह्वान गरेको हो ।