तामाङ समुदायले सोनम ल्होछार मनाउँदैछन । तामाङ सहित हिमाली बौद्ध समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउने गर्दछन । शनिवार २८५३ औ ल्होछार मनाइन लागेको हो । पात्रोअनुसार बाँदर वर्षलाई विदाइ गरी ज्या ल्हो\चरा वर्ष शुरु भएको हो । नयाँ वर्षको पहिलो दिन घरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद थाप्ने, शुभकामना आदान प्रदान गर्ने तथा तरुल तथा फापरका विभिन्न परिकार खाने चलन रहेको छ । ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह हुँदैछ । शुक्रबार शुरु भएको ल्होसार महोत्सव अन्तर्गत शनिवार बिहान ११ बजे शान्ति बाटिकाबाट सांस्कृतिक र्याली निकाल्ने र दिउँसो २ बजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ल्होसार मूल कार्यक्रमको उद्घाटन गर्नेछन ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले विविध संस्कृति तथा परम्परा नेपालीको पुँजी भएको बताएका छन । उनले सबै जातजातिका संस्कृति तथा परम्पराको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताएका छन । ‘संविधानको सर्वस्वीकार्यता बढाएर त्यसका कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै भाषा धर्म समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यक्ता हो’, उनको सन्देशमा भनिएको छ। सरकार संवाद र सहकार्यको आधारमा लक्ष्य हासिल गर्न प्रयत्नशील रहेको प्रधान मन्त्रीले जनाउनु भएको छ ।
No comments:
Post a Comment