उर्जामन्त्री भन्छन- चोरलाई कारबाही नगर्न धम्की आयो
लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्याएको भन्दै नेपाल विद्युत प्राधिकरण अन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीहरुको एक साथ सरुवा गरिएको छ ।
सरुवा विरुद्ध कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन सुरु गरेका छन । सो आन्दोलनलाई विद्युत चोरीमा संलग्नलाई जोगाउने तथा ‘उज्यालो अभियान’लाई बिफल पार्ने प्रपञ्चको रुपमा ऊर्जा मन्त्रालयले व्याख्या गरेको छ ।
करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइए पछि महानगरीय प्रहरी अपराध महाशाखाले हालै प्राधिकरणका कर्मचारी र केही व्यापारीहरुलाई पक्राउ समेत गरि सकेको छ ।
त्यसरी पक्राउ परेकाहरुलाई उन्मुक्ति दिन कर्मचारीहरुले दबाव दिएको मन्त्रालय स्रोत बताउँछ । उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गरेका छन ।
‘२२ वर्ष देखि एकै स्थानमा रहेका कर्मचारीहरुलाई नियम अनुसार नै सरुवा गरिएको हो,’ ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ हामीसँग भने, ‘यो सब विद्युत चोरीमा संलग्न गिरोहको जालो भत्किए पछिको प्रतिक्रिया हो ।’
विद्युत चोरीमा संलग्नलाई कारवाही नगराउन धम्कीसमेत आएको प्रभाकरले बताए । कसले धम्की दियो भनेर उनले खुलाउन चाहेनन ।
कहाँबाट कति कर्मचारी सरुवा ?
प्राधिकरणले हालै काठमाण्डौ क्षेत्रीय कार्यालयमा ७८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३२९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २९२ कर्मचारीहरुलाई सरुवा गरेको छ ।
यसै गरी बुटवल क्षेत्रीय कार्यालयमा २६५, पोखरा क्षेत्रीय कार्यालयमा, १६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ कर्मचारीहरु सरुवा भएका छन ।
‘यो सरुवा पहिलो चरणको मात्र हो । सरुवा फेरि पनि हुन्छ,’ मन्त्री शर्माले भने, ‘चोरको संरक्षण गरेर बस्न सकिँदैन । दोषीलाई नियम अनुसार कारबाही हुन्छ ।’
यस अघि ऊर्जा मन्त्रालय सम्हाले लगत्तै शर्माले लोडसेडिङ हटाउने कार्यमा अवरोध गरेको भन्दै तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले र सञ्चालक समितिका तीन सदस्यहरुलाई हटाएका थिए । प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हाले लगत्तै देशभर लोडसेडिङ हटेको छ । आउनुस तपाइ हामी सबै मिली बिजुली चोर हरुको भन्डाफोर गरौ ।
No comments:
Post a Comment