Friday, January 27, 2017

рджрд╢ै рддिрд╣ाрд░ рдоाрдд्рд░ рд╣ोрдЗрди рд▓ोрд╕ाрд░ рдЬрд╕्рддै рдЕрди्рдп рдЬाрддрдЬाрддीрдХो рд╕рдмै рдкрд░्рдмрд▓ाрдЗ рдкрдиि рдиेрдкाрд▓ीрдХो рдЪाрдбрдХो рд░ुрдкрдоा рдордиाрдЗрдиु рдкрд░्рджрдЫ ।

तामाङ समुदायले सोनम ल्होछार मनाउँदैछन । तामाङ सहित हिमाली बौद्ध समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रूपमा सोनाम ल्होसार मनाउने गर्दछन । शनिवार २८५३ औ ल्होछार मनाइन लागेको हो । पात्रोअनुसार बाँदर वर्षलाई विदाइ गरी ज्या ल्हो\चरा वर्ष शुरु भएको हो । नयाँ वर्षको पहिलो दिन घरमा पूजापाठ गरी नयाँ ध्वजा फहराउने, टिका लगाई मान्यजनबाट आशीर्वाद थाप्ने, शुभकामना आदान प्रदान गर्ने तथा तरुल तथा फापरका विभिन्न परिकार खाने चलन रहेको छ । ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह हुँदैछ । शुक्रबार शुरु भएको ल्होसार महोत्सव अन्तर्गत  शनिवार बिहान ११ बजे शान्ति बाटिकाबाट सांस्कृतिक र्‍याली निकाल्ने र दिउँसो २ बजेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ल्होसार मूल कार्यक्रमको उद्घाटन गर्नेछन  ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले विविध संस्कृति तथा परम्परा नेपालीको पुँजी भएको बताएका छन । उनले सबै जातजातिका संस्कृति तथा परम्पराको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताएका छन । ‘संविधानको सर्वस्वीकार्यता बढाएर त्यसका कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै भाषा धर्म समुदायको सुदृढ राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यक्ता हो’, उनको सन्देशमा भनिएको छ। सरकार संवाद र सहकार्यको आधारमा लक्ष्य हासिल गर्न प्रयत्नशील रहेको प्रधान मन्त्रीले जनाउनु भएको छ ।

Wednesday, January 25, 2017

рдмिрдЬुрд▓ी рдЪोрд░ीрдоा рд╕ंрд▓рдЧ्рди реирелрежреж рдЬрдиा рдХрд░्рдордЪाрд░ीрдХो рд╕рд░ुрд╡ा

उर्जामन्त्री भन्छन- चोरलाई कारबाही नगर्न धम्की आयो

लोडसेडिङ हटाउने अभियानमा अवरोध पुर्‍याएको भन्दै नेपाल विद्युत प्राधिकरण अन्तर्गतका २ हजार ४ सय ८० कर्मचारीहरुको एक साथ सरुवा गरिएको छ ।

सरुवा विरुद्ध कर्मचारी ट्रेड युनियनहरुले आन्दोलन सुरु गरेका छन । सो आन्दोलनलाई विद्युत चोरीमा संलग्नलाई जोगाउने तथा ‘उज्यालो अभियान’लाई बिफल पार्ने प्रपञ्चको रुपमा ऊर्जा मन्त्रालयले व्याख्या गरेको छ ।

 

करिब १३ अर्ब रुपैयाँ बराबरको विद्युत चोरीमा संलग्न भएको पाइए पछि महानगरीय प्रहरी अपराध महाशाखाले हालै प्राधिकरणका कर्मचारी र केही व्यापारीहरुलाई पक्राउ समेत गरि सकेको छ ।

त्यसरी पक्राउ परेकाहरुलाई उन्मुक्ति दिन कर्मचारीहरुले दबाव दिएको मन्त्रालय स्रोत बताउँछ । उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गरेका छन ।

‘२२ वर्ष देखि एकै स्थानमा रहेका कर्मचारीहरुलाई नियम अनुसार नै सरुवा गरिएको हो,’ ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ हामीसँग भने, ‘यो सब विद्युत चोरीमा संलग्न गिरोहको जालो भत्किए पछिको प्रतिक्रिया हो ।’

विद्युत चोरीमा संलग्नलाई कारवाही नगराउन धम्कीसमेत आएको प्रभाकरले बताए । कसले धम्की दियो भनेर उनले खुलाउन चाहेनन ।

कहाँबाट कति कर्मचारी सरुवा ?

प्राधिकरणले हालै काठमाण्डौ क्षेत्रीय कार्यालयमा ७८१, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, विराटनगर क्षेत्रीय कार्यालयमा ३२९ र हेटौंडा क्षेत्रीय कार्यालयमा २९२ कर्मचारीहरुलाई सरुवा गरेको छ ।

यसै गरी बुटवल क्षेत्रीय कार्यालयमा २६५, पोखरा क्षेत्रीय कार्यालयमा, १६६, नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१ र अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ कर्मचारीहरु सरुवा भएका छन ।

‘यो सरुवा पहिलो चरणको मात्र हो । सरुवा फेरि पनि हुन्छ,’ मन्त्री शर्माले भने, ‘चोरको संरक्षण गरेर बस्न सकिँदैन । दोषीलाई नियम अनुसार कारबाही हुन्छ ।’

यस अघि ऊर्जा मन्त्रालय सम्हाले लगत्तै शर्माले लोडसेडिङ हटाउने कार्यमा अवरोध गरेको भन्दै तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले र सञ्चालक समितिका तीन सदस्यहरुलाई हटाएका थिए । प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हाले लगत्तै देशभर लोडसेडिङ हटेको छ । आउनुस तपाइ हामी सबै मिली बिजुली चोर हरुको भन्डाफोर गरौ ।

рдПрдпрд░ рдоाрд░्рд╕рд▓ рдк्рд░рдХрд░рдгः рдУрд▓ी рд╕рд░рдХाрд░рдХो рдкाрд▓ाрдоै рдЧрд░िрдПрдХो рдЦुрд▓ाрд╕ा

भारतीय एयर मार्सल प्रकरणः ओली सरकारको मस्यौदामा प्रचण्डको ल्याप्चे
दिल्लीमा देखाए भारतीय अधिकारीले नियमावली

हालै दिल्लीमा भएको नागरिक उड्यन अधिकारीहरुको बैठकमा भारतले आफ्नो विमानमा काठमाडौं आउने सुरक्षाकर्मी -एयर मार्सल) लाई नेपालले बास दिनुपर्ने माग गरे ।

भारतको यो कुनै नयाँ प्रस्ताव थिएन । एयर मार्सलका लागि यसअघि नै १२ वटा पत्र आइसकेको छ । त्यसैले यो विषय एजेण्डामा नै नभएको भन्दै भारतीय प्रस्ताव पन्छाउन खोजे ।
तर, नेपाली अधिकारीहरु त्यस बेला आश्चर्यमा परे, जब भारतीय अधिकारीहरुले नेपालको नागरिक उड्डयन सुरक्षा नियमावली ०७३ देखाउँदै ‘तिमीहरुको नियमावलीमै व्यवस्था भएको छ, किन राजनीतिक तहमा जानुपर्‍यो’ भन्ने प्रश्न गरे ।

एयरमार्सल राख्न विश्व ब्यापी मान्यता थाहा भए पनि नेपालको कुन नियमावलीको कुन दफामा त्यो प्रावधान छ भन्ने नेपाली अधिकारीहरुलाई थाहा थिएन । नेपाल टोली एयर रुटबाट छलफल गर्न गएका थिए, तर, भारतले छापामार शैलीमा एयर मार्सलको प्रस्ताव राखे पछि लञ्ज ब्रेकमा नियमावली पल्टाएर हेरेको एक सदस्यले बताए ।
त्यस पछि नेपाली टोलीले प्रक्रिया पुर्‍याएर आयो भने सरकारले दिन सक्छ भन्ने जवाफ दिएर फर्कियो ।

अहिले यही विषयले नेपालको राजनीति तातेको छ । र, प्रचण्ड सरकार माथि उनकै पूर्वसहकर्मी नेत्रविक्रम चन्द विप्लवले राष्ट्रघात गरेको अरोप लगाएका छन ।

प्रमुख विपक्षी नेकपा एमालेले पनि यस बारे सरकारको आधिकारिक धारणा मागेको छ । तर, सरकार भने अहिले सम्म मौन छ ।

यस्तो रहेछ एयर मार्सलको रहस्य

यसबारे खोज्दै जाँदा थाहा भयो कि नागरिक उड्डयन सुरक्षा नियमावली-०७३ कात्तिक २२ गते नै राजपत्रमा प्रकाशित भइसकेको रहेछ । अझ रोचक त के छ भने यो नियमावलीको मस्यौदा केपी ओली सरकारले गरेको रहेछ, जसलाई प्रचण्ड सरकारले पास गरेको रहेछ ।

पर्यटन मन्त्रालयको उच्च स्रोतका अनुसार यो नियमावलीको मस्यौदा ओली सरकारका पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको कार्यकालमा बनेको हो । पहिले देखि नै ड्राफ्ट बनाउन थालिएको थियो । तर, ओली सरकारकै पालामा यो मस्यौदालाई अन्तिम रुप दिइएको एक अधिकारीले बताए । उनले भने, ड्राफ्ट बने पछि पनि कानुन मन्त्रालय मार्फत परराष्ट्र सहितका सबै मन्त्रालयहरुमा रायका लागि पठाइएको थियो ।’

ओली सरकारका पालामा बनेको यो नियमावलीको मस्यौदालाई प्रचण्ड सरकारले मन्त्रि परिषदबाट पास गरेको पाइएको छ । र, यो नियमावली राजपत्रमा पनि आइसकेको छ । ओली सरकारका पालामा ड्राफ्ट गरिएको यही नियमावलीको प्रावधान देखाउँदै भारतीय अधिकारीहरुले आफ्नो एयर मार्शलले नेपालमा बास बस्न पाउनुपर्ने जिकिर गरेका छन् ।

के छ नियमावलीमा ?

नागरिक उड्डयन सुरक्षा नियमावली ०७३ को दफा ३४ मा वायुयानबाट हातहतियार लैजाँदा कायम गर्नु पर्ने सुरक्षा व्यवस्था सम्वन्धी प्रावधान छ ।

जस अनुसार कुनै पनि विमानमा हातहतियार सहितका व्यक्ति राख्नु परेमा नियमावली र प्रचलित कानुन बमोजिम गृह मन्त्रालयबाट इजाजत दिनु पर्ने भनिएको छ । उक्त दफाको उपदफा ५ मा भनिएको छ, ‘नेपालका विमान स्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवा सञ्चालन गर्ने संस्थाले वायुयान भित्र हातहतियार सहितका व्यक्ति राख्नु पर्ने भएमा यस नियमावली तथा प्रचलित अन्य कानून बमोजिम गृह मन्त्रालयबाट इजाजत प्राप्त गर्नु पर्नेछ ।’

नागरिक उड्डयन सुरक्षा नियमावली
उपदफा ६ मा यस नियम अनुसार विमानमा हतियार लैजान पाउने व्यक्ति आफ्नो नाम देखि नागरिकता, सीट नम्बर सबै खुलाई मुख्य पाइलटलाई पूर्व जानकारी दिनु पर्नेछ ।

स्रोतका अनुसार यो प्रावधान विश्वमा अन्य देशमा पनि प्रचलनमा रहेको दाबी सरकारी अधिकारीहरुको छ । आईकाओको अनुसूची १७ मा सुरक्षा थ्रेट भएको अवस्थामा सम्वन्धित विमान कम्पनीले आग्रह गरेको अवस्थामा अनुमति दिन सकिने उल्लेख छ ।

‘नियमावली बन्दैमा अनुमति पाइँदैन’

नागरिक उड्डयन सुरक्षा नियमावलीले कुनै पनि विदेशी विमान कम्पनीले एयरमार्सल राख्न चाहेमा गृह मन्त्रालयको अनुमति लिनु पर्ने भनेको छ । यसको अर्थ यो नियमावलीलाई देखाएर कसैले पनि एयरमार्सल राखि हाल्न पाउने होइन । सरकारसँग अनुमति लिनु पर्ने हुन्छ ।

सरकारी अधिकारीहरुका अनुसार एयर मार्सलबारे दुई देशबीच एमओयू हुन अनिवार्य छ । र, यस्तो व्यवस्था कुनै एक मुलुकका लागि नभएर दुबै पक्ष पक्षका लागि लागू हुनेछ ।

अहिले पनि आउँछन  भारतीय सुरक्षाकर्मी, तर…..

उसो त भारतीय विमानहरुमा अहिले पनि भारतीय सुरक्षाकर्मीहरु सादा पोसाकमा आउने गरेका छनु, जुन नयाँ होइन । तर, उनीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको जमीनमा उत्रिँदैनन । भारतीय विमानहरुले सके सम्म काठमाडौंमा रात बिताउँदैन ।

तर, अहिले भारतले आफ्नो विमान कुनै कारणले नेपालमा रोकिनु पर्‍यो भने हतियारधारी एयर मार्शल विमानभित्रै बस्नु नपरोस भनेर बास मागेको छ ।

नेपालको सुरक्षा चासो

ओली वा प्रचण्ड जसको सरकारले गरे पनि त्रिभुवन विमानस्थलमा भारतीय एयर मार्शल आउने गरे पनि बास बस्न दिने सवालमा नेपाल सरकारले एमओयू गर्न सजिलो छैन । यसले नेपालको विमानस्थलको सुरक्षामा नकारात्मक असर पर्ने भन्दै आम नेपालीहरु भारतीय मागको विपक्षमा उभिँदै आएका छन ।

सुरक्षा थ्रेटको बहाना बनाएर भारतले नेपालको विमानस्थल कब्जा गर्ने रणनीति बनाइरहेको बुझाइ अधिकांश नेपालीको छ । तर, केपी ओली सरकारका पालामा बनेको नियमावलीमा असावधानीवस वा जानाजान जुन प्रावधान राखियो र प्रचण्ड सरकारका पालामा त्यो पारित भयो, अहिले भारतीयहरुले त्यसैलाई समातेका छन्, जुन नेपालका कानून निर्माताहरुका लागि लज्जाको विषय हो ।