Tuesday, February 21, 2017

рд╕ंрд╕рдж рдмैрдардХрдЕрдШि ​рдк्рд░рддिрдкрдХ्рд╖ी рдЧрдардмрди्рдзрдирдХो рдмैрдардХ рдмрд╕्рджै

संसद्‍मा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लचक देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक अहिले केही बेरमा बस्दैछ । संसद् भवन बानेश्वरमा बस्ने बैठकमा संसद्‍को प्रक्रिया र निर्वाचन घोषणा पछिको राजनीतिक परिस्थिति बारे अध्यक्ष केपी ओलीले धारणा राख्ने कार्यक्रम छ । 'निर्वाचनको मिति घोषणा भए पछि अब हाम्रो भूमिका कस्तो हुने भन्ने विषयमा बैठक डाकेका हौँ', एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने ।

त्यस्तै एमाले संसदीय बैठक लगत्तै प्रतिपक्षी ९ दलीय गठबन्धनको पनि बैठक बस्दैछ । गठबन्धनमा नेकपा एमाले, माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्त्रिक) नेपाल, बहजुन शक्ति पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपाल रहेका छन ।

गत मंसिर १४ गते संसद्‍मा प्रस्ताब टेबल गरे पछी भएको प्रस्ताव राष्ट्रघाती रहेको भन्दै एमालेले संसदमा छलफलको विषय हुन नसक्ने बताउँदै आएको थियो । तर गत २४ सरकारले गरेको थियो। तर एमालेको विरोधका कारण सरकारले सैद्धान्तिक छलफल अगाडि बढाएको थिएन भने संसद्‍को कार्यसूचीमा समेत राखेको थिएन ।

सोमबारको मन्त्रि परिषद् बैठकपछि सोमबारको कार्यसूचीमा संशोधनको प्रस्ताव सभामुखले राखेकी थिइन तर कार्यसूची वितरण गर्नु अघि नै संसद बैठक सूचना टाँसमार्फत स्थगित भएको थियो ।

आज संसद् बैठक २ बजे बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबारको सर्वदलीय बैठक पछि आज देखि संविधान संशोधनको प्रस्ताव सदनमा पेश गर्ने बताएका थिए ।

рдордзेрд╕ीрдХो рдмрди्рджрд▓े рдк्рд░рджेрд╢ рдирдо्рдмрд░ реи рдардк्рдк

मधेशी मोर्चाले आह्वान गरेको ‘मधेश बन्द’ को प्रभाव दुई नम्बर प्रदेशका जिल्लाहरु बाहेक अन्यत्र परेको छैन । बन्दका कारण बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका बजारहरु ठप्प भएका छन भने यातायात, कलकारखाना, शैक्षिक संस्थाहरु पनि बन्द छन । बारा, पर्साका राजमार्ग क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन । सर्लाहीमा भने राजमार्ग पुरै खुला छ । नवलपुर, लालबन्दी लगायतका बजारहरु खुला छन भने सवारी साधन पनि चलिरहेका छन । बन्दको प्रभाव मोरङ र सुनसरी क्षेत्रमा  पनि परेको छ । विराटनगरमा केही मोटरसाइकल बाहेक अन्य सवारी साधन चलेका छैनन । यता रुपन्देहीको बुटवलमा बन्दको प्रभाव परेको छैन भने भैरहवामा आंशिक प्रभाव परेको छ । भैरहवामा सार्वजनिक सवारी साधन चलेका छैनन भने निजी सवारी साधन चलिरहेका छन । बजार आंशिक खुला छ । नवलपरासीको परासी बजार बन्द भए पनि अन्य क्षेत्रमा बन्दको प्रभाव परेको छैन । राजमार्ग क्षेत्रका सबै बजार खुला छन् भने गाडिहरु सुचारु छन । कपिलवस्तुको परासी लगायतका दक्षिणी बजारहरु बन्द भए पनि राजमार्ग क्षेत्र खुला छ । कृष्णनगर बन्द छ भने गोरसिंगे, चन्द्रौटा लगायतका बजारहरु खुलै छन् । दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरमा बन्दको प्रभाव परेको छैन । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसको विरोधमा मोर्चाले आज मधेश बन्दको आह्वान गरेको हो ।

рдПрдоाрд▓ेрд▓े рд╕ंрд╡िрдзाрди рд╕ंрд╢ोрдзрди рдк्рд░рдХ्рд░िрдпाрд▓ाрдЗ рдЕрдШि рд▓ैрдЬाрди рджिрдиे рд╕ंрдХेрдд

व्यवस्थापिका संसदमा आजबाट संविधान संशोधन विधेयक अघि बढाइने भएको छ । संसदको बैठक दिउँसो २ बजे बोलाइएको छ र, आजको बैठकमा संशोधन प्रक्रिया अघि बढाइनेछ ।
संशोधनको अन्तरवस्तुको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रक्रिया अघि बढ्न दिने संकेत दिएको छ । सरकारले स्थानीय चुनावको मिति घोषणा गरे पछि एमाले केही लचिलो भएको छ । तर, उसले संशोधन फेल गराइ छाड्ने बताएको छ ।

यस अघि एमाले सहित ९ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।

рдоेрд▓рдо्рдЪीрдХो рдкाрдиी рдХाрдардоाрдг्рдбौрдоा...

मेलम्ची खोलाको पानी काठमाण्डौ ल्याउने सुरुङ खन्ने काम अब साढे चार किलाेमिटर मात्रै बाँकी छ ।
मेलम्ची देखि सुन्दरीजल सम्मको कुल साढे २६ किलाेमिटर लामो सुरुङ मध्ये अब साढे चार किलाेमिटर बाँकी रहँदा २०७४ असोज अन्तिम सम्म मेलम्चीको पानी काठमाण्डौ ल्याइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । 

त्यसो त सरकारले पनि तोकिएकै समयमा मेलम्चीको पानी काठमाण्डौमा वितरण गरिने जनाएको छ । खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले तोकिएको समयमा मेलम्ची आयोजना सम्पन्न हुनेमा कुनै दुविधा नभएको बताएका छन ।

рдордзेрд╕ рдмрди्рджрд▓े рдЬрдирдЬीрд╡рди рдкुрд░्рдг рд░ुрдкрдоा рдк्рд░рднाрд╡िрдд

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा आन्दोलित भएका मधेसी मोर्चाले बुधबार मधेस बन्द गरेको छ ।

मधेस बन्दको क्रममा जनकपुरमा बिहानै देखि मोर्चाका नेता कार्यकर्ताले मोटरसाइकलमा रयाली प्रर्दशन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका छन ।

मोर्चाका कार्यकर्ताहरुले नगरका विभिन्न स्थानमा टायर बालेर विरोध प्रर्दशन गरेको छ । मोर्चाका नेताले शान्ति पूर्ण रुपमा बन्दलाई सफल बनाउन सबै पक्षसंग आग्रह गरेका छन ।

मोर्चाले बन्दको पूर्व सन्ध्यामा मंगलबार मशाल जुलुश प्रर्दशन गरेको थियो ।

рдордзेрд╕ी рдоोрд░्рдЪाрдХो рддрд░ाрдИ рдмрди्рджрдХा рдХाрд░рдг рдЬрдирдЬीрд╡рди рдХрд╖्рдЯрдХрд░

मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने  सवारीका साधन  चलेका छैनन । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन । 
सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन् । यस्तै सुनसरीमा इटहरीबाट  झापा र धरानतर्फ जाने  गाडी पनि चल्न सकेका छैनन ।
झापामा भने बन्दको कुनै पनि प्रभाव छैन । सिरहा र सप्तरीमा यातायातका साधान, बजार, पसल ठप्प हुँदा बिहानै देखि जनजीवन प्रभावित भएको छ । मोटरसाइकल भने फाट्टफुट्ट रुपमा चलेका छन ।
बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको छ । मोर्चाले पहिले संविधान संसोधन गरेर मधेसी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आह्वाान गरेको हो । बन्दको अघिल्लो दिन संयूक्त मधेसी मोर्चा रंगेलीले मंगलबार बेलुका रङ्गेली स्थित काली मन्दिरबाट सरकारले चुनावको मिति घोषणा गरेकोमा विरोध जनाउदै राँके जुलुस निकालेको छ ।
संयुक्त मधेसी मोर्चा रङ्गेली संयोजक शंकरप्रसाद साहको नेतृत्वमा स्थानीय काली मन्दिर बाट निस्केको राँके जुलुस रंगेली चोक हुँदै बसपार्कमा पुगेर  टुङ्गीएको थियो  । संविधान संशोधन गर, लगायतका नारा लगाउँदै मोर्चाका कार्यकर्ताहरु जुलुसमा  सहभागी थिए  ।

Monday, February 6, 2017

рейрек рдХिрд▓ो рд╕ुрди рдХाрдг्рдбрдоा рд╕ंрд▓рдЧ्рди рдЕाрд░ोрдкी рдПрд╕рдПрд╕рдкी рд╢्рдпाрдо рдЦрдд्рд░ी

सुन कान्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्याम खत्रीलाई काठमाण्डौ जिल्ला अदालतले थप अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति दिएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले श्याम खत्रीलाई सोमबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराएको थियो । जिल्ला न्यायधिस शम्भु प्रसाद ढुंगेलको इजलासले थुना अनुमति प्रदान गरेको हो ।

सीआईबीले भने अनुसन्धानका लागि २५ दिन सम्म थुनाका लागि अनुमती मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन सहित तीन जना पक्राउ परेको विषयमा थप अनुसन्धान गर्ने क्रममा सीआईबीले एसएसपी खत्रीलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

सुन बरामद भएको समयमा खत्री विमानस्थलमा कार्यरत थिए । सीआईबीका एसएसपी मनोज न्यौपानेले थप अनुसन्धानका लागि र संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । अदालतले खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न सिआईबीलाई अनुमति दिएको छ ।