Tuesday, February 21, 2017

рдордзेрд╕рд▓े рддрддाрдпो рд░ाрдЬрдиिрддी рдоाрд╣ोрд▓

मधेसी मोर्चाले तराई क्षेत्रमा गरेको बन्दका कारण तराईको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सवारी साधन, शैक्षिक संस्था, उद्योग व्यवसाय बन्द भएका छन ।
बन्दका क्रममा आन्दोलनकारी र प्रहरीबीच ठाउँठाउँमा झडप समेत भएको छ । जनकपुरको ब्रह्मपुरमा प्रहरीसँगको झडपमा दुई जना आन्दोलनकारी घाइते भएकाछन ।

झडपमा स्थानीय कुलदीप शाह र राजु शाह घाइते भएका हुन । उनीहरुको जनकपुर अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन । यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि चल्न सकेका छैनन ।

सरकारले बैशाख ३१ मा स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलनमा उत्रिएको छ । मोर्चाले संविधान संशोधन गरेर मधेसी मोर्चाको माग सम्बोधन नगरेको भन्दै असन्तुष्टी जनाएको छ । 

рдбा. рдХрд╡ाрд░ीрд╕ंрдЧ рдк्рд░рдЪрдг्рдбрдХो рднेрдЯ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारीले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डा. कवारीले प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको थियो । कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने बताउनु भयो ।
भेटमा प्रधानमन्त्रीले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने बताउनु भयो । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले आगामी दिनमा नेपालको विकासमा कतारले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

реирел,режрежреж рдордд рдкेрдЯिрдХा рдЕрдкुрдЧ рд╣ुрдиे рдпрд╕ рдкрдЯрдХ рдЗ рднोрдЯिंрдЧ рдирд╣ुрдиे

स्थानीय तहको निर्वाचनका लागि ठूलो साइजका २५ हजार मतपेटिका थप गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचनमा धेरै उमेदवार हुने र मतपत्र ठूला हुने भएकाले २५ हजार मतपेटिका थप गर्नु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
निर्वाचन आयोगसँग अहिले १७ हजार ठूला र ४५ हजार साना साइजका मतपेटिका छन ।
देश भर एकै चरणमा निर्वाचन गर्दा नया संरचना अनुसार बनेका ७१९ निकायमा कम्तिमा २० हजार मतदान केन्द्र रहने आयोगको अनुमान छ । यद्यपि सरकारले स्थानीय तहको संख्या थप गर्ने जनाएको छ । त्यसले गर्दा मतदान केन्द्र समेत थपिन सक्छन ।
स्थानीय तह पुनर्संरचना आयोगले देशभर ४ महानगरपालिका, १२ उपमहानगरपालिका,२४१ नगरपालिका, ४६२ गाउँपालिका तोकेको छ । यो संख्या तराईका जिल्लामा थप गर्ने सरकारले निर्णय गरिसकेको छ ।
पुनर्संरचना आयोगको प्रतिवेदअनुसार पनि ७१९ स्थानीय तहमा ६ हजार ५ सय ५६ वडा रहन्छन । जस अनुसार प्रत्येक स्थानीय तहमा प्रमुख र उपप्रमुख, प्रत्येक वडामा अध्यक्ष र उपाध्यक्ष तथा ५ जना वडा सदस्य रहने व्यवस्था छ । जसले गर्दा एकजना मतदाताले ९ जनालाई मतदान गर्नुपर्छ । “एउटा पार्टीले सबै पदमा उमेदवारी दर्ता गराए भने र १० वटा पार्टी सहभागी भए पनि ५० वटा चिन्ह चाहियो,” उनले भने, “अझै स्वतन्त्र उमेदवार पनि हुन्छन् । यसले गर्दा मतपत्र ठूलो हुन्छ । त्यसले गर्दा ठूला मतपेटिका थप्नुपर्ने भएको हो ।”

३५ हजार बढी जनप्रतिनिधि चयन हुने
७१९ स्थानीय तहमा १ हजार ४३८ प्रमुख उपप्रमुख चयन हुन्छन् । त्यसैगरी ६ हजार ५५६ वडा अध्यक्ष र उपाध्यक्षमात्रै १३ हजार ११२ जना चयन हुन्छन् भने वडा सदस्य ३२ हजार ७ सय ८० छानिनेछन् । स्थानीय तहको संख्या वृद्धि भएमा यो संख्या अझै बढ्ने देखिन्छ ।

विद्युतीय मतदान नहुने  
बेलाबेला विद्युतीय भोटिङ मेसिनको चर्चा र बहस चले पनि स्थानीय तहको निर्वाचनमा मतपत्रबाटै भोटिङ हुने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले विद्युतीय मतदानको सम्भावना नरहेको स्पष्ट पारेका हुन ।
“अब मतपत्रमै निर्वाचन हुन्छ,” उनले भने, “नेपालमा विद्युतीय मेसिनको उत्पादन नभएकोले पनि अब भोटिङ मेसिनको सम्भावना भएन ।”

рдЕрдиेрд░ाрд╕्рд╡рдмिрдпुрд▓े рдПрдХै рд░ाрддрдоा рейрежреж рдирдХ्рдХрд▓ी рдорддрджाрддाрдХो рдиाрдо рдердкे рдкрдЫी

राताराता नक्कली मतदाताको नाम थपिएको भन्दै अनेरास्ववियु बाहेकका विद्यार्थी संगठनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालावन्दी गरेका छन ।
यस अघि १४ गतेका लागि तय भएको चुनावको लागि क्याम्पसले ३२ सय जना विद्यार्थीको नामावली प्रकाशन गरेको भएपनि मंगलबार क्याम्पसले ३५ सय जनाको नामावली प्रकाशन गरेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन । 
‘त्रिविले भर्ना बन्द गरेको लामो समय भइसक्यो तर आरआरमा भने ३२ सय बाट ३५ सय विद्यार्थी पुरयाइएको छ । तीन सय विद्यार्थी फर्जी भर्नाबाट आएका हुन' अखिल क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतले हामीसँग भन्नुभयो, ‘भर्ना बन्द भएको अवस्थामा पनि रातारात विद्यार्थी संख्या बढाएर सिधै धाँधली गर्न खोजेको देखियो ।’
यस्तै स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको चुनावी प्रक्रिया सुरु भएको छ । आउँदो बुधबार हुन लागेको चुनावको लागि बुधबार दिउँसो २ बजेसम्म मतदाता सूचिमाथि दाबी बिरोध र बिहीबार १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
यस्तै बिहीबार १२ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फका उम्मेद्वारको मनोनयन पत्र वितरण गर्ने तालिका छ । शनिबार बेलुका ५ बजेसम्म प्रत्यक्षतर्फका उम्मेद्वारको नामावली प्रकाशन गर्ने, आइतबार विहान ८ देखि १० बजेसम्म उम्मेद्वारको नामावलीमा दाबी विरोध गर्न सकिनेछ ।
आइतवार नै १२ देखि ३ बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र ५ बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने त्रिविले जनाएको छ । यसअघि १४ गते शनिबारको लागि तय भएको चुनाव पाँच दिनपछि आउँदो बुधबारका लागि सारिएको हो ।

рдоोрд░ंрдЧ рдкрдиि рдардк्рдк

मधेसी मोर्चाको आहवानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । 

बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूट रुपका कुदिरहेका देखिन्छन । 

सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिले सम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । 

मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा बन्दको आह्वान गरेको हो ।

рдмрди्рджрд▓े рдЬрдирдХрдкुрд░ рдардк्рдк

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आवहान गरेको बन्दका कारण धनुषाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । सरकारले निर्वाचनको मिति तय गरे पछि पुन: आन्दोलित बनेको मोर्चाले आहवान गरेको बन्दका कारण जनकपुर बजार सहित आसपासका क्षेत्रहरु ठप्प भएका छन । जनकपुर भएर चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन भने, बजार पनि बन्द छ । मोर्चाका कार्यकर्ताले बिहानै देखि सडकमा उत्रिएर टायर बाली विरोध प्रदर्शन गरिरहेका छन । यद्यपी दुई पाङ्ग्रे सवारी तथा रिक्साहरु भने फाट्टफुट्ट चलेको देख्न सकिन्छ । एकाबिहानै कलेज पुगेका विद्यार्थीहरु पढाइ नभए पछि फर्किएका थिए । मोर्चासम्बद्ध दलका विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेर शिक्षण संस्था बन्द आहवान गरेका थिए ।

рдмाрдорджेрдм рдЧौрддрдо рдШेрд░ाрдЙрдоा рдПрдоाрд▓ेрдХा рджрд░्рдЬрдиौ рдХाрд░्рдпрдХрд░्рддा рдШाрдЗрддे

मधेसी मोर्चाको बन्दका बेला जनकपुरमा आएका एमाले नेता वामदेव गौतम मोर्चाको घेराउमा परेका छन । मंगलबार नै पार्टीको कार्यक्रममा सहभागी हुन मोर्चाको कडा विरोधका बाबजुद जनकपुर आइपुगेका नेता गौतमलाई बुधबार एमाले नेता रघुवीर महासेठको घरमा बसेको बेला मोर्चाका नेता कार्यकर्ताहरुले घेराउ गरेका हुन ।

सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहका अनुसार मोर्चाका नेता कार्यकर्ता शान्तिपूर्ण रुपमा नगरक्षेत्रमा मोटरसाइकल र्याली निकाल्ने सहभागी हुँदा एमाले कार्यकर्ताले अवरोध गरे पछि झडप भएको हो । जनकपुरको ब्रह्मपुरी स्थित महासेठको घर अगाडिबाट र्याली अगाडि बढ्दै गर्दा एमाले कार्यकर्ताले ढुंगामुढा गरे पछि मोर्चाका कार्यकर्ता आक्रोशित भएको अध्यक्ष सिंहले जानकारी दिए ।

झडपको क्रममा मोर्चाका राजु साह र कुलदीप साहको खुट्टा भाँचिएको छ भने एमालेका धेरै कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । मोर्चाका नेताले हाल वामदेव गौतम बसेको महासेठको घर घेराउ गरेका छन भने प्रहरीको व्यापक उपस्थिति पछि झडपलाई नियन्त्रणमा लिइएको छ ।