एमाले अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीम रावललाइ नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग भारतसँग बिग्रिएको सम्बन्ध सुधारका लागि आग्रह गर्न पठाएका छन ।
रिपोर्टर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षत्कार कार्यक्रम पछि एमाले नेता रावलले राजदूत पुरीसँग अलग भेट गरेर एमाले र भारत बीचको सम्बन्ध सुधारमा आफू रहेको बताएका हुन् । ‘एमाले भारतको कहिल्यै पनि बिरोधी होइन’, उपाध्यक्ष रावलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘तर, अहिले भारतले एमालेलाई माया गरेको छैन । एमाले र भारतबीचको सम्बन्ध पहिला जस्तै सुमधुर हुनु पर्छ ।’
जवाफमा राजदूत पुरीले एमालेसँग भारत कहिल्यै टाढा नरहेको नेपालका सबै राजनीतिक दल र त्यसका नेताहरूसँग सम्बन्ध राम्रो रहेको बताएका थिए । ‘भारत सधै नेपालको हित चाहन्छ’, एमाले उपाध्यक्ष रावललाई राजदूत पुरीले दिएको जवाफबारे स्रोतले भन्यो, ‘सबै राजनीतिक दलहरू मिलेर नेपालको विकासमा गर्दा भारतले आर्थिक सहयोग गर्नेछ ।’
एमालेले पछिल्लो समय कथित राष्ट्रवादको नारा लगाएर भारतको विरोध गर्दै आएको छ । तर, भारतसँग एमाले र एमालेका नेताहरूले सम्बन्ध सुधार गर्न छिद्रखोजी रहेको कुरा उपाध्यक्ष रावलको व्यवहारले देखाएको छ ।